News Portal

  • विराटनगर सडक खण्डमा खुल्ला चौपाया स्थानीय सरकारले नियन्त्रण लिदैं

    हिमालीसंचार/रविन्द्र बराल
    ३३१ पटक

    मोरङ, असार ९ शनिबार। मोरङको रंगेली नगरपालिकाले हुलाकी राजमार्ग अन्तर्गत रंगेली विराटनगर सडक खण्ड तथा भित्री सडकमा स्थानीयहरुले खुल्ला रुपमा बाख्रा, खसी लगायतका चौपाया बिहानैदेखि सडकमा भेटिएको बस्तुहरुलाई नगरले नियन्त्रणमा लिन थालेका छन्।

    नगरको व्यस्त सडकमा खुल्ला रुपमा बिच सडकमै चौपाया बस्ने र नगरले सडक पेटिमा लगाएको बृक्ष समेत खान थालेपछि सडकमा रहेका चौपायाहरुलाई नियन्त्रणमा लिन थालिएको नगर प्रमुख दिलिप बगडियाले हिमालीसंचारडटकमसंग बताए।

    सडकमा खुल्ला चौपाया छोडिएका कारण दिनप्रतिदिन सवारी दुर्घटनासमेत हुने गरेको छ। नगरपालिकाले बिगत महिनै दिनदेखि सबै नगरबासीहरुलाई सडकमा चौपाया नछाड्न सूचना जारी गरेता पनि स्थानीयले सो सूचनाको बेवास्ता गरेका कारण नगरले सडकमा भेटिएका चौपायाहरुलाई नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया शुरु गरेको छ।

    नगरले चौपाया नियन्त्रणमा लिएपछि चौपाया धनीहरु संग राजस्व स्वरुप ठुलो खसी बाख्राको प्रतिगोटा ४ सय रुपैयाँ र सनो बाख्राको २ सय रुपैयाँ लिएर छाड्ने गरेको नगर प्रमुख दिलिप बगडियाले बताए।

    यसरी जरिवाना लिएर छाड्ने गरिएको र अबका दिनहरुमा चौपायाधनीहरु समेत सचेत गराउने साथै अबका दिनहरुमा सचेत हुनुपर्ने देखिन्छ। उक्त सडकमा  रतुवामाई नगरपालिका, रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका र धनपालथान गाउँपालिका भित्रमा रहेको सो सडक खण्डको दायाँबायाँ तथा मुख्य सडकमा गाई, बाछा-बाछी र बाख्रा खुल्ला रुपमा छाडने गरेको पाईन्छ।

    खुल्ला रुपमा छाडिएका चौपायाहरु सडक कै दायाँ बायाँ र बाँधेर राख्ने गरेका छन भने खसी बाख्रा भने खुल्ला रुपमा छाडने गरेका कारण सवारी साधन लिएर आवतजावत गर्ने सर्वसाधारणहरुलाई अत्यन्तै जोखिम र दुर्घटना समेत हुने गरेको स्थानीयले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...