News Portal

ज्ञानेन्द्र शाहीले गरे अष्ट्रेलियाका पूर्वसभामुख र सांसदसँग भेट

हिमालीसंचार संवाददाता
३५२ पटक

काठमाडौं। असार ७ देखि अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाही र दक्षिण अष्ट्रेलियाका पूर्वसभामुख र सांसदबीच भेटवार्ता भएको छ।

एडिलेडस्थित संसद भवनमा लिवरल पार्टीका तर्फबाट विधान परिषद् सदस्य जिङ्ग ली र लेवर पार्टीका पूर्व अध्यक्ष, विधान परिषद सदस्य रसेल वर्ट्लीबीच भएको भेटघाटमा शाहीले १९६० मा तत्कालीन राजा महेन्द्र र १९८५ मा राजा वीरेन्द्रले अष्ट्रेलियाको भ्रमणपछि दुई देशबीचको सम्बन्धनमा आयाम थपिएको बताए।

नेपाली विद्यार्थीको वृद्वि विकास, शिक्षा र सीप विकासको लागि अष्ट्रेलियाले प्रदान गरेको अवसरप्रति उनले आभार व्यक्त गरेका छन्।

शाहीले ‘एक पटकका लागि नेपाली सधैँका लागि नेपाली भन्दै अष्ट्रेलियामा रहेका नेपाली दक्ष जनशक्तिलाई नेपाल फर्काउने नीति निर्माणमा आफूहरू लाग्ने पनि बताए।

शाहीसमक्ष अष्ट्रेलियामा रहेका नेपाली समुदायले त्यहाँको अनुभवसँगै त्यहाँ जाने नेपालीहरूको पक्षमा नीति निर्माण तहमा गर्नुपर्ने कामबारे जानकारी गराएको भ्रमणको संयोजन सदस्यमध्येका एक केदार श्रेष्ठले बताए।

भेटमा अष्ट्रेलियाका अधिकारीले नेपालीहरू मिहेनती, इमानदार र बफादार रहेको साथै अष्ट्रेलियाको व्यापार व्यवसाय र आर्थिक विकासमा महत्वपूर्ण भुमिका रहेको भन्दै खुसी व्यक्त गरेका छन्।

शाहीलाई समाजसेवी दीपक विष्ट नेतृत्वमा रहेको नेपाली समुदायले च्यारिटी रात्रिभोजको आयोजना गरी सम्मानसमेत गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...