News Portal

सुनसरीको धरान मेधा हिमालयन कलेजमा स्वीस कन्ट्याक्टद्वारा एक महिने हस्पिटालिटी वर्कसप शुरु

हिमालीसंचार संवाददाता
५२८ पटक

विकास चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान-१२ स्थित “स्वीस कन्ट्याक्ट प्रोग्राम” अन्तर्गत मेघा हिमालयन कलेजमा एक महिने लामो हस्पिटालिटी वर्कसप शुरु भएको छ । आयोजित कार्यक्रम अन्तरगत होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्यायनरत विद्यार्थी र शिक्षक वर्कशपबाट लाभान्वित हुने छन् ।

“स्वीस कन्ट्याक्ट प्रोग्राम” मार्फत विकासशील राष्ट्रहरुको शिक्षण सिकाइमा सहयोग गर्दै आएको यस परियोजना अन्तर्गत नेदरल्याण्डबाट आएका हस्पिटलिटी एक्स्पर्ट बेरेनड जन हेरिङ्गाले सहभागीलाई प्रशिक्षण गराइरहेका हुन् । 

आयोजित वर्कसपबारे जानकारी दिन बिहीबार कलेजले धरानमा आयोजना गरेको पत्रकार भेटघाटमा एक्स्पर्ट हेरिङ्गाले २५ वर्ष  हस्पिटालिटी क्षेत्र र २७ वर्ष शिक्षण क्षेत्रमा अनुभव रहेको समेत कार्यक्रममा बताए। 

“मानिसलाई नजिकबाट कसरी चिन्न सकिन्छ भनेर हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको हुँ” हेरिङ्गाले भने,’नेपालमा हिमालमात्र छैन। सुन्दरतामात्र छैन। यहाँ नेपालीहरुको स्वागत सत्कार, आतिथ्यता र मौलिक संस्कृति छ। त्यसैले गौरव गर्ने र उद्यमशीलताको खोजी गरिनुपर्छ।” उनको उद्गगार रहेको थियो। 

नेपाली नागरिकले युरोपियन शैलीमा होइन, नेपालीको मौलिक शैली, खानपान र आतिथ्यता र सत्कारलाई प्रबद्धन गर्नुपर्ने हेरिङ्गाको धारणा रहेको थियो। बुधबारदेखि धरान-१२ चतरालाइनस्थित मेधा कलेजमा शुरु वर्कसपमा सैद्धान्तिक र प्रयोगात्मक सिकाइ भइरहेको छ । 

“हिजो हामीले हाइजिनिङ र ग्रुमिङका विषयमा क्लास लियौं। कलेजका एचएम कोर्डिनेटर पोषण श्रेष्ठले भने, ‘आज हस्पिटालिटी सेक्टर र यसबाट हुनसक्ने उद्यमशीलताको विषयमा जान्ने अवसर पायौं ।” उनको इयअनुभूति रहेको सुनाए। 

एक महिनासम्म संचालन हुने वर्कसपमा अथिति आतिथ्यता र सत्कारको क्षेत्रमा काम गरिरहेका पूर्वाञ्चल धरानका सरोकारवाला र व्यवसायीहरुसमेत लाभान्वित हुने गरी प्रशिक्षक हेरिङ्गासँग साक्षात्कार गराउने कलेजका प्राचार्य भाष्कर पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...