News Portal

काठमाडौं र पोखरापछि धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक

हिमालीसंचार संवाददाता
३८७ पटक

धरान –  दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई धरानमा पनि चल्न नदिइने भएको छ। धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ”ले धरान नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने सामाजिक संजाल मार्फत आग्रह गरेका छन्।

काठमाडौं महानगरपालिकाभित्रका हलहरुमा मेयर बालेन्द्र शाहले ‘आदिपुरुष’सहित भारतीय चलचित्रलाई रोक लगाइरहेका समयमा पोखरा हुदै धरानमा पनि त्यसलाई निरन्तरता दिइएको हो। ‘आदिपुरुष’मा रहेको सीता भारतीय छोरी हुन् भन्ने संवाद नहटाएसम्म अन्य भारतीय चलचित्र पनि सोमबारदेखि चल्न नदिने घोषणा मेयर शाहले गरेका छन्। 

त्यस्तै, पोखरामा पनी उक्त चलचित्र प्रदर्शनमा रोक लागाएसंगैं  धरानमा पनि मेयर साम्पाङले नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ चलाउन नदिने सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका हुन् । उनले भनेका छन् “धरानमा आदिपुरुषको प्रदर्शन नगर्नु होला!” जय देश!

काठमाडौंका मेयर शाहले ‘आदिपुरुष’विरुद्ध कदम चालेपछि देशका अन्य नगरमा पनि निषेध अभियान चलिरहेको छ। ‘आदिपुरुष’को विवादित संवाद नसच्चाइएको भन्दै पोखरा महानगरपालिकाले पनि उक्त फ्लिम प्रदर्शनमा रोक लगाइएको हुन्। 

आदिपुरुषमा भएको त्रुटिपूर्ण संवाद नसच्चाएसम्म भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय महानगरपालिकाले गरेसंगै पोखरा महानगरपालिका पोखराका नगर प्रमुख धनराज आचार्यले पोखराका हलहरू श्रीकृष्ण, विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन भारतीय फिल्म प्रसारणमा रोक लगाउन पत्र नै लेखेर उक्त फ्लिम प्रशारण गर्न रोक लगाएका हुन् ।

प्रतिकृया दिनुहोस्

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...