News Portal

धरानमा संचालित ई-रिक्सा व्यवस्थित गर्न मंगलबारदेखि दर्ता प्रक्रिया हुने

हिमालीसंचार संवाददाता
३५७ पटक

धरान – धरान उपमहानगरपालिका धरानले आगामी मंगलबारदेखि सवारी व्यवस्थित गर्न तीन पांग्रे ई–रिक्सा दर्ता प्रक्रिया अघि बढाउने भएको छ ।

नगरले धरानमा संचालित तीन पांग्रे “ई रिक्सा” सम्बन्धी कार्यविधि २०७९ राजपत्रमा समेत प्रकाशित गरिसकेको अबस्थामा कार्यविधि वनाई नगरभित्र संचालित ई- रिक्सालाई व्यवस्थित गर्न लागेको हो। सोही कार्यविधिमा भएको व्यवस्थाबारे छलफल गर्न र ई-रिक्सा दर्ता प्रक्रिया अघि बढाउन आइतबार धरान उपमहागनरपालिका धरानले सरोकारवालाहरुसँग बैठक बसेको थियो । उक्त बैठकले मंगलबारदेखि ई-रिक्सा दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको अनुमगन अधिकृत वेदराज सापकोटाले जानकारी दिए ।

बैठकमा सहभागी ई-रिक्सा ‘सिटी सफारी’ चालकहरुले कार्यविधिमा राखिएको सफारी दर्ताको लागि सवारी चालक अनुमती पत्र  लिनु पर्ने छ भन्ने प्रावधानले चालकहरुलाई मारमा पर्ने बताए ।

यस्तै, एक लाइसेन्सले एउटा मात्र ई रिक्सा दर्ता गर्न सकिने भन्ने व्यवस्थाले पनि समस्या हुने चालकहरुको भनाई रहेको छ । उनीहरुले यो प्रावधान संशोधन गर्न र ई-रिक्साको अनुमति पत्र पनि धरानबाटै दिने व्यवस्था गर्न माग गरेका छन्। 

बैठकमा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई लगायतको सहभागितामा उक्त निर्णय गरिएको हो । मेयर साम्पाङले कार्यविधिमा भएको प्रावधानमा समस्या भए कार्यपालिका बैठकबाट संशोधन गर्न सकिने बताए। मेयरले अनुमति पत्र लिने कार्यालय धरानमा स्थापना गर्न आफ्नो पनि माग रहेको र निरन्तर पहल गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...