News Portal

  • धरानमा संचालित ई-रिक्सा व्यवस्थित गर्न मंगलबारदेखि दर्ता प्रक्रिया हुने

    हिमालीसंचार संवाददाता
    २९५ पटक

    धरान – धरान उपमहानगरपालिका धरानले आगामी मंगलबारदेखि सवारी व्यवस्थित गर्न तीन पांग्रे ई–रिक्सा दर्ता प्रक्रिया अघि बढाउने भएको छ ।

    नगरले धरानमा संचालित तीन पांग्रे “ई रिक्सा” सम्बन्धी कार्यविधि २०७९ राजपत्रमा समेत प्रकाशित गरिसकेको अबस्थामा कार्यविधि वनाई नगरभित्र संचालित ई- रिक्सालाई व्यवस्थित गर्न लागेको हो। सोही कार्यविधिमा भएको व्यवस्थाबारे छलफल गर्न र ई-रिक्सा दर्ता प्रक्रिया अघि बढाउन आइतबार धरान उपमहागनरपालिका धरानले सरोकारवालाहरुसँग बैठक बसेको थियो । उक्त बैठकले मंगलबारदेखि ई-रिक्सा दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको अनुमगन अधिकृत वेदराज सापकोटाले जानकारी दिए ।

    बैठकमा सहभागी ई-रिक्सा ‘सिटी सफारी’ चालकहरुले कार्यविधिमा राखिएको सफारी दर्ताको लागि सवारी चालक अनुमती पत्र  लिनु पर्ने छ भन्ने प्रावधानले चालकहरुलाई मारमा पर्ने बताए ।

    यस्तै, एक लाइसेन्सले एउटा मात्र ई रिक्सा दर्ता गर्न सकिने भन्ने व्यवस्थाले पनि समस्या हुने चालकहरुको भनाई रहेको छ । उनीहरुले यो प्रावधान संशोधन गर्न र ई-रिक्साको अनुमति पत्र पनि धरानबाटै दिने व्यवस्था गर्न माग गरेका छन्। 

    बैठकमा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई लगायतको सहभागितामा उक्त निर्णय गरिएको हो । मेयर साम्पाङले कार्यविधिमा भएको प्रावधानमा समस्या भए कार्यपालिका बैठकबाट संशोधन गर्न सकिने बताए। मेयरले अनुमति पत्र लिने कार्यालय धरानमा स्थापना गर्न आफ्नो पनि माग रहेको र निरन्तर पहल गर्ने बताएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...