News Portal

बालीपौष्टिकता र पर्यावरणीय हिसाबले एक नम्बरमा कोदो

हिमालीसंचार संवाददाता
४६० पटक

नेपाली जनजीवनमा महत्व थाहा नपाएर कु अन्नको उपाधि दिइएको कोदोको महत्व विश्वभर बढ्न थालेको छ । पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थ्यको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ । संयुक्त राष्ट्र संधले कोदोजन्य बाली वर्ष, २०२३ आवहन गरेकोबाट विश्वभर कोदो महत्व बढेको पुष्टि हुन्छ।

नेपालको सन्दर्भमा मुख्य खाद्यान्न बालीहरु मध्ये चौथो नम्बरमा पर्ने कोदो बालीपौष्टिकता र पर्यावरणीय हिसाबले एक नम्बरमा पर्ने गर्छ । महत्व नबुझ्दा कम खाने गरेको कोदोका परिकारमा मकैमा भन्दा ३५ गुणा र गहुंमा भन्दा ८.७३ गुणा बढी क्याल्सियम कोदोमा पाइन्छ । 

यसैगरी चामलमा भन्दा २.३ गुणा, मकैमा भन्दा ३.७ गुणा र गहु’मा भन्दा १.५ गुणा बढी फलाम तत्व पाइन्छ। कोदोमा क्याल्सियम, आइरन, प्रोटिन, खनिज लगायतका पौष्टिकताले युक्त औषधीय गुण भएको बाली भएकोले बालबालिका, गर्भवती, मधुमेह, रक्तचाप लगाएतका बिरामीहरुका लागि निकै उपयोगी खाद्यान्न मानिन्छ । 

मुटु रोग, स्वासप्रश्वास, पाचन प्रणाली, क्यान्सर लगायतका रोगहरुमा लाभदायक देखिएको यो खाद्यान्न रोगप्रतिरोधात्मक क्षमता हुने र यसले मांसपेशी र हड्डीलाई समेत मजबुत बनाउने पुष्टि भएको छ । दुईवटा खोदोको रोटी खादाएक आइरन चक्की बराबर हुन्छ भनेर चिकित्सकले बताउने गरेका छन् ।

पछिल्लो समय कोदोको माग गाउभन्दा शहरमा बढीरहेको छ ।कोदोबाट ढिंडो, रोटी, सातु, लिटो, खोले, पुवामात्र नभएर सबैभन्दा चर्चित परिकार मःम समेत कोदोको पाइन्छ । आजभोलि त काठमाडौंका तारे होटलदेखि राजमार्गका रेष्टुरेष्ट तथा रिसोर्ट र हिमाली क्षेत्रका होमस्टेमा दरिलो स्वागतको रुपमा कोदोको विभिन्न परिकार प्रयोग हुन थालेको छ ।

उत्पादनका हिसाबले सबैभन्दा सजिलो बालीको रुपमा पनि कोदो बालीलाई लिन सकिन्छ । कोदो सख्खा स्थानमा पनि लगाउन सकिन्छ । यो बाली तराई देखि ७ हजार फिट अग्लो पहाडसम्म गर्न सकिन्छ। अन्य खेतीको तुलनामा यो सजिलो खेती पनि हो । धान, मकै, गहू“ उत्पादन नहुने जग्गामा पनि कोदो खेती गर्न सकिन्छ । 

यसलाई प्रवर्द्धन गर्नकालागी चाउचाउ, पाउरोटी, बिस्कुट, क्याण्डी, सातु जस्ता मुल्यश्रृखलाका आयामहरूमा जोड्दै लाने हो भने किसानले उचित मुल्य पाउने र उपभोक्ताले औषधिय गुण भएको खाद्य बस्तु प्राप्त गर्न सक्छन् । नेपालमा मात्रै नभए विश्वभर कोदोको माग बढ्दै गएपछि संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई कोदो वर्षको रूपमा मनाउदैछ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पूरक प्रस्तावमा संयुक्त राष्ट्र संध साधारण सभाको ७५औं सत्रले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालमा पनि दिवसका रुपमा विभिन्न कार्यक्रम गरिदैछ । कोदोजन्य बालीको महत्वबारे प्रचारप्रसार गरी तिनको उत्पादन र उपभोग बढाउन उत्पादक कृषक, उपभोक्ता र अन्य सरोकारवालालाई प्रेरित गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाइ“दैछ । नेपालका ७० भन्दा बढी जिल्लाहरूमा कोदोजन्य बाली हुने गरेको भन्दै नेपाल सरकारले पनि यसलाई प्राथमिकता राखेको छ ।

कोदोजन्य बालीको विकास र संरक्षण एवम् प्रवर्द्धनमा संलग्न गैरसरकारी एवम् निजी क्षेत्रमा सक्रिय व्यक्ति एवम् निकायहरूको समेत उल्लेखनीय भूमिका हुने छ । तीन तहका सरकारले कोदोजन्य बालीलाई केन्द्रमा राखेर रैथाने बाली प्रवद्धन्ध कार्यक्रम विगत पाच वर्षदेखि सञ्चालित छ ।

खाद्य पोषण सुरक्षामा विश्वव्यापी रूपमा नै देखिएको संकटोन्मुख अवस्थाका बीच संयुक्त राष्ट्र सङ्घको आह्वानमा मनाइने अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष, २०२३ लाई पोषण तथा स्वास्थ्यको दृष्टिले कोदोजन्य बालीहरूको महत्व उजागर गरेको विज्ञले बताएका छन् । कोदो सुख्खा सहन सक्ने बाली भएकाले नेपाल जस्तो आकाशे खेतीको भर पर्नुपर्ने देशमा कोदो खेती उयुक्त देश मान्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...