अविन माबो/तेह्रथुम – तेह्रथुममा पहिचानको लागि युवा समिती गठन भएको छ । यहिँ २६ गत्ते धिरेन्द्र लिम्बुको संयोजकत्वमा २०१ जना लाजेहाङ फोर्स नामको पहिचानको लागि युवा समिती गठन भएको हो।
पूर्वाञ्चलको २६, २७ र २८ गतेबाट तेह्रथुमको विभिन्न बजारहरु हुँदै मेन्छ्यायम गाँउपालिका, पौँठाक बजारबाट मार्चपास गर्दै श्रीजुङ एसबिएस फुटबल मैदानमा कोणसभा गरी मोराहाङ बजारमा कोणसभा गरि फेरि आङबुङ संसारी बजारमा पनि कोणसभा र मार्चपास गर्दै अन्तिममा जिरीखिम्ती म्याङ्लुङ नगरपालिका प्रवेश गर्दै २८ गते म्याङ्लुङ बजारमा कार्यक्रम समापन गर्ने कार्यक्रम रहेको छ।
पहिचानको लागि युवा नामको सो कार्यक्रममा युवाका सह-संयोजक बिराज लिम्बू, युवा केन्द्रिय सदस्य सचिव साहस राई, संयुक्त संघर्ष समिती सदस्य कृष्ण चोङवाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
प्रदेश एक सरकारले थापामार सैलीमा प्रदेशको नाम कोशी राखेपछि प्रदेश एकमा निरन्तर पहिचान पक्षधरहरुले आन्दोलन गर्दै आईरहेका छन। उक्त पहिचान पक्षधरहरुको आन्दोलनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न कार्यक्रमको मञ्चबाट सार्वजनिक रुपमा आतंककारीको संज्ञा दिँदै आफ्नो कार्यकर्ताहरुलाई उतारेर ठेगान लगाउने चेतावनी दिएपछि पहिचान पक्षधरहरु आक्रमक बनिरहेका छन।