News Portal

झिमरुक गाउँपालिका अध्यक्षका छोराले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै कुटेपछि…

हिमालीसंचार संवाददाता
४६८ पटक

प्यूठान। प्यूठानको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालमाथि पालिका अध्यक्ष पितबहादुर महताराको छोरासहितको एक समूहले कार्यालयमै पुगेर हातपात गरेका छन्।

अध्यक्ष महताराको छोरा (अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष) मिलन एमसीसहितको स्थानीय उपभोक्ताको समूहले प्रशासकीय प्रमुख रिजाल, रोजगार सहायक दिपक जिसीलगाएतलाई हातपात गरेका हुन् ।

एमसीले प्रक्रिया नपुगेको फाइल जबरजस्ती सदर गराउन खोजेको र प्रमुखले नमानेपछि हातपात गरेका हुन् । उनले कार्यालयमा अन्य कर्मचारीमाथि पनि हातपात गरी तथानाम गाली बेइज्जतीसमेत गरेको आरोप कर्मचारीको छ । हातपात गरेपछि पालिका अध्यक्षले पालिकाको गाडीमा राखेर भगाएको कर्मचारी स्रोत वताउँछ । अहिले पालिकाका सम्पूर्ण कर्मचारीको आकस्मिक वैठक बसिरहेका छन् ।

पालिका उपाध्यक्ष प्रमोद पोखरेलले अध्यक्षका छोरा मिलन एमसीको नेतृत्वमा आएको समूहले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र दुव्र्यवहार गरेको पुष्टि गरे ।

कार्यकक्षमै हातपात भयो, दुव्र्यवहार भयो, पहिले म कहाँ पनि आएका थिए, मैले दवावमा हस्ताक्षर गर्दिन भनेको हुँ, प्रकृया नपुगेको फाइल सदर गरेर रकम भुक्तानीको माग गरेका थिए, हामीले अस्वीकार गरेका हौं, मैले सम्झाएर हस्ताक्षर नगर्ने भनेपछि हाकिमसापकोमा गएर हातपात गरे, यसको छानविन हुन जरुरी छ’ उनले भने । प्रमुख प्रशासकीय अधिकृत रिजालले आफू तनावमा रहेको बताए ।

पालिका अध्यक्ष पितबहादुर महताराले कर्मचारीमाथि हातपात र दुव्र्यवहार हुनु राम्रो नभएको र घटनाको छानविन हुने बताए ।

घटनामा मेरो छोराले नेतृत्व गरेको भन्ने विषय गलत हो, बाटोको रकम भुक्तानीमा केही समस्या आएको हो, काम भएको तर स्टिमेट अनुसार नखनेको भनेर उपाध्यक्षको नेतृत्वमा अनुगमन हुँदा देखिएको रहेछ, त्यही उपभोक्ता समिति काम भएको भन्दै रकम माग्न गएको हो, मेरो छोरा पनि सँगै गएको होला, म बाहिर थिए अर्को कार्यक्रममा, सबै विषय बुझेर मिलाउने प्रयास हुन्छ’ उनले भने।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...