News Portal

यू–१५ साफ च्याम्पियनसिप : नेपालको आँखा उपाधिमा

७५८ पटक

काठमाडौं : उमेर समूहमा नेपाली फुटबल टोलीको प्रदर्शन उत्कृष्ट बन्दै आएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्दै आएको एन्फा एकेडेमीको प्रभाव युवा टोलीमा देखिएको हो। एक वर्षअघि मात्र घरेलु मैदानमा आयोजना भएको यू–१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि चुमेको नेपाल अहिले घरेलु मैदानमा बिहीबारदेखि आयोजना हुन लागेको यू–१५ साफ च्याम्पियनसिपको अन्तिम तयारीमा व्यस्त छ।

नेपाली युवा टोलीले उपाधि नै चुम्ने लक्ष्यका साथ तयारी गरेको एन्फाका कार्यवाहक अध्यक्ष एवं प्राविधिक टोलीका सदस्य उपेन्द्रमान सिंहले बताए। ‘हाम्रो तयारी धेरै राम्रो छ। टोलीमा अधिकांश दुई वर्षदेखि एन्फा एकेडेमीमा राखिएका खेलाडी छन्। थप खेलाडी पनि देशभरबाट छनोट भएका उत्कृष्ट छन्। नेपालको एउटै लक्ष्य उपाधि हो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा सिंहले भने।

नेपालले बिहीबार माल्दिभ्स र कात्तिक १२ गते बंगलादेशसँग खेल्नेछ।

च्याम्पियनसिपमा नेपालसहित साबिक विजेता भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानले प्रतिस्पर्धा गर्दैछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहको पहिलो बिहीबार माल्दिभ्स र दोस्रो खेल कात्तिक १२ गते बंगलादेशसँग खेल्नेछ।

च्याम्पियनसिपका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) बाट एक लाख ४० हजार अमेरिकी सहयोग प्राप्त भएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए। एक करोड ६५ लाख रुपैयाँ लगानीमा सञ्चालन हुने च्याम्पियनसिपका लागि अपुग रकम गेट मनी र एन्फाको आन्तरिक स्रोतबार जुटाइने बताइएको छ। एन्फा मैदान सातदोबाटोमा खेलाइने च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको पनि एन्फाले जनाएको छ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको २३ सदस्यीय युवा टोलीमा एन्फा एकेडेमी बाहिरका पाँच खेलाडी समावेश छन्। एन्फामा आबद्ध ४५ जिल्लाबाट छनोट भएका तीन सय खेलाडीबाट उत्कृष्ट पाँच जना खेलाडी छनोटमा परेका हुन्। यसअघि बढी उमेरका कारण विवाद देखिएकाले यस पटक सबै खेलाडीको एमआरआई गरिएको पनि एन्फाले जनाएको छ।

च्याम्पियनसिपको विजेता टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यू–१६ छनोट च्याम्पियनसिप खेल्न पाउनेछ। च्याम्पियनसिपका लागि भारतबाहेक सबै टोली काठमाडौं आइसकेको छ। भारत बुधबार आउनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...