News Portal

  • धरानका महिला बास्केटबल खेलाडीहरुलाई सफलताको शुभकामना सहित संधले विदाई गऱ्यो (फोटो फिचर)

    हिमालीसंचार संवाददाता
    ११९३ पटक

    बिकास चाम्लिङ राई/धरान – धरानदेखि आगामी जेष्ठ १९ गतेदेखि काठमाडौमा हुन लागेको मदन भण्डारी ओपन बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धाका लागि जान लागेका धरान महिला बास्केटबल टिमलाई बुधबार बिदाई गरिएको छ ।

    धरान महिला टिमलाई धरान रंगशाला बास्केटबल कोर्टमा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदिले खेलाडीहरुलाई जर्सी हस्तान्तरण गर्दै बिदाई गरेका हुन् । धरानदेखि खेलाडीहरु बिहिबार बिहान काठमाडौ प्रस्थान गर्नेछ। 

    मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको महिला-पुरुष ओपन बास्केटबल प्रतियोगितामा धरानबाट महिला टिमले सहभागिता जनाउन लागेका हुन । धरानबाट  राष्ट्रिय खेलाडी डा. आशा राईको कप्तानिमा तनु राई, आस्था राई, एल्भिना गुरुङ, इक्सा लिम्बू रन्जिता, रेनुका लिम्बू, निवा लिम्बू, नुमा लिम्बू, महिमा कटुवाल र दिया कोयी राई रहेको छ भने प्रशिक्षकमा विकास चाम्लिङ राई र सहायक प्रशिक्षकमा युगल लिम्बू रहेका छन् ।

    महिलातर्फ ६ वटा टिम रहेको मध्ये काठमाडौ बाहिरबाट धरान महिला टिमले मात्र सहभागीता जनाएको छ। राउन्डरोबिन आधारमा हुने प्रतियोगितामा धरानले ५ खेल खेल्ने कार्यतालिका रहेको छ । बिदाई कार्यक्रममा सुनसरी बास्केटबल संघका अध्यक्ष सुबेदिले खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए । हार जित जे परिणाम आए पनि अनुशासित भएर आफुले सक्दो उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीहरुलाई सुबेदिले आग्रह गरे ।

    धरान महिला टिममा बास्केटबल ट्यालेन्ट हन्टका बिद्यार्थीको सहभागिता: धरान महिला टिममा पर्न सफल भएकी दिया कोयी भर्खरै मात्र एसईई दिएर बसेकी उदयीमान खेलाडी हुन । उनी एसईई रिजल्टको प्रतिक्षामा छिन् । उनी केही दिन अघि मात्र धरान बास्केटबल संघद्वारा आयोजित ट्यालेन्ट हन्ट ट्रेनिङ क्याम्पमा सहभागी विद्यार्थी खेलाडी हुन । 

    संघले खेलाडी प्रोत्साहन गर्नका लागि ट्यालेन्ट हन्टका उत्कृष्ट एवं सम्भावित खेलाडीलाई अनुभवका लागि अवसर प्रदान गर्न धरान महिला टिममा स्थान दिइएको प्रशिक्षक बिकास चाम्लिङ राईले हिमालीसंचारडटकमसंग बताए । प्रतियोगितामा धरानले ५ खेल खेल्ने कार्यतालिका रहेको पनी मुख्य प्रशिक्षक राईले बताए । प्रशिक्षक राईका अनुसार उनले पनि खेल्ने आवसर पाउनेछ । जसको कारण उनले आफुलाई थप निखार्न अनुभव मिल्नेछ।  

    उदयीमान खेलाडी कोयीलाई ट्यालेन्ट हन्टमा महिला तर्फबाट सम्भावित उत्कृष्ट खेलाडिको रुपमा हेरिएको प्रशिक्षक राईले बताए । ट्यालेन्ट हन्टका अन्य सम्भावित विद्यार्थी खेलाडिहरुलाई बास्केटबल संघले विभिन्न कलेजहरुमा छात्रवृत्तिका लागि सिफारिस गर्ने समेत जानकारी दिए। 

    तस्वीरः विकास चाम्लिङ राई

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...

    विष्णु माझीको ‘पुतलीको भट्टी’ शृङ्खला नेपाली लोकसंगीतमा अद्वितीय उपलब्धि

    काठमाडौं, साउन ३० – लोकप्रिय गायिका विष्णु माझी नयाँ तीज गीत ‘म त नराउरी’ मार्फत...