News Portal

  • धरान मेघा हिमालयनका विधार्थीहरु मौलिक भेषभूषामा साकेला शीली सिक्दैं

    विकास चाम्लिङ राई
    ९२१ पटक

    धरान – धरान मेघा हिमालयन स्कुल/कलेजले आजदेखि हरेक महिनाको अन्तिम शुक्रबार सास्कृतिक कार्यक्रमको आयोजना तथा बिद्यार्थीहरुमा जातिय पोशाक पहिरनमा बिधालय आउनु पर्ने अनिवार्य गरेको छ।

    सोही अनुसार धरान मेघा हिमालयनले शुक्रबार बिद्यार्थीहरुलाई प्रकृति पुजक किराताहरुको सस्कृति अनुरुप साकेला शीली नाच प्रदर्शन गरेका छन्। बिधालयका बिद्यार्थीहरुलाई औपाचारिक शिक्षा संगै व्यवहारीक ज्ञान दिनका लागि बिधालयले महिनाको अन्तिम शुक्रवार सास्कृतिक कार्यक्रमको सुरुवात गरेका हुन।

    हरेक महिनाको अन्तिम शुक्रवार विभिन्न जाती तथा समुदायको सास्कृतिक प्रदर्शन गर्ने एवं बिद्यार्थीले जातिय तथा सास्कृति झल्कने पोशाक लगाउन अनिवार्य गरिएको धरान मेघा हिमालयनका अध्यक्ष कैलाश लिम्बूले जानकारी गराए।

    नेपाल बहुजाति, बहुसंस्कृतिकको साझा फुलबारी हो। तसर्थ सबै जातजतिको संस्कृति, पोशाक र चार्डपर्वलाई सिक्ने, सिकाउने व्यवहारीक ज्ञान साना बालबालिकाबाट नै उनीहरुलाई सिकाउदा एक आर्काको संस्कार संस्कृति प्रति सम्मान, माया र समाजिक सदभाव बढ्ने हुदा यसखालको कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष लिम्बुले बताए।

    विद्यालयमा आजदेखि शूरु भएको विभिन्न जातिय पोशाकहरुमा राई, लिम्बु, नेवार, मुस्लिम, तामाङ र मगरलगायतका पहिरनहरुमा बिधालयका विद्यार्थी भाइबहिनिहरुको उपस्थिति रहेको थियो।

    धरान १२ न. वडामा रहेको धरान मेघा हिमालयन बोर्डिङ स्कुलको प्राङगणमा किरात राई यायोक्खा खेलकुद संघ, सुनसरीको समन्वयमा साकेला शिली प्रदर्शनी तथा विद्यार्थीहरुलाई सिकाउने कार्यक्रम सम्पन्न भएको थियो।

    औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा किरात राई यायोक्खा जिल्ला समितीका अध्यक्ष राजेन्द्र राई रहेको थियो । राई जातिले मनाउने साकेला शिलीको बारेमा किरात राई यायोक्खा जिल्ला समितीका अध्यक्ष राजेन्द्र राईले विद्यार्थीहरुलाई बताए। बैशाकी पुर्णिमादेखि शुरु भएको उभौली १५ दिनसम्म विभन्न वडाहरुमा साकेला शिली प्रदर्शनी गरेर मनाउने गरको र औशीको दिन साकेला शिली औपचारिक रुपमा संस्थाले समापन गरिसकेको बताए।

    तर, वडाहरुमा समापन गर्न बाकी भएकाले जेष्ठ महिनासम्म ढोल झयाम्टा बजाउन मिल्ने भएकोले आज विद्यालयमा सिकाउदै गरेको बताए। “विद्यालयदेखि नै एक आर्काको संस्कार र सस्कृतिको बारेमा बुझाउन सके सबैको संस्कार संस्कृतिको जग्रेर्ना र सम्मान हुने” अध्यक्ष राईले बताए।

    साथै किरात राई यायोक्खा र धरान मेघा हिमालयन बिचको सम्बन्ध राम्रो भएको र विपन्न जेहन्दार राई विद्यार्थीहरुका लागि विद्यालयले छात्रावृद्धि सहयोग दिदै आएकोमा अध्यक्ष राईले कलेज परिवारलाई धन्यवाद दिए।

    साकेला शिली प्रदर्शन र विद्यार्थीहरुलाई सिकाउने उद्धेश्यले किरात राई यायोक्खाको जिल्ला सदस्य तथा किराया खेलकुद संघका संयोजक विकास चाम्लिङ राईले समन्वयकारी भुमिका खेलेका थिए।

    धरान मेघाले आयोजना गरेको राई जातिहरुको साकेला शिली प्रदर्शनी कार्यक्रम ज्यादै उदाहरणिय रहेको र किरातीहरु प्रकृति पुजक र कृषिमा निर्भर भएकोले अन्नबाली लगाउनु अघि पितृ र प्रकृतिलाई सम्झिदै पुजा अर्चना गर्ने गरेको बताए किरात राई खेलकुद संघ, सुनसरी अध्यक्ष राइले बताए।

    तस्वीर: विकास चाम्लिङ राई

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...