News Portal

लायन्स क्लबको डिस्ट्रिक महाधिवेशन सुनसरीको धरानमा आयोजना हुने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२८१ पटक

धरान – लायन्स क्लब ३२५ सी प्रदेश स्तर एरियाको महाधिवेशन धरानमा गर्ने भएका छन् । विगत ५२ वर्षअघि लायन्स क्लबको स्थापना कालदेखि पहिलो पटक सुनसरीको धरानमा पहिलो एतिहासिक महाअधिवेशन गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।

डिस्ट्रिक्ट गभर्नर लायन धिरज गुरुङले बुधवार आयोजित पत्रकार सम्मेलनमा भने ‘धरानको लागि यो ऐतिहासिक महाधिवेशन हो ।’ महाधिवेशन जेठ १२ गते धरान-१५ स्थित किरात थाक्थुम चुम्लुङ हिममा आयोजना गर्ने जानकारी दिएका हुन्। 

पुर्वका डिस्ट्रिक्ट महाधिवेशनमा नयाँ डिस्ट्रिक्ट गभर्नरको निर्वाचन हुन लागेको समेत गभर्नर गुरुङले जानकारी दिए। डिस्ट्रिक्ट ३२५ सी क्षेत्रमा पूर्वका १० वटा जिल्लाका १६० लायन्स क्लबमा ४ हजार सदस्यहरू आबद्ध रहेका समेत जानकारी दिए। त्यसमध्ये नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा सहभागी हुन मताधिकार ३ सय ४३ जना रहेको समेत जानकारी दिए।

महाधिवेशनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रबाट ७ सय जना प्रतिनिधिहरुको सहभागी हुने डिस्ट्रिक्ट गभर्नर गुरुङले पत्रकार सम्मेलनमा बताए । उनी लायन्स क्लबमा धरानबाट डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित हुने पहिलो लायन हुन । भने कार्यअवधि १ बर्षको रहने समेत जानकारी दिए। 

गभर्नर गुरुङले ‘लायनमा लागेको ३८ वर्षपछि मैले गभर्नरको निर्वाचन जितेको हुँ ।’ धरानबाट पहिलो डिस्ट्रिक्ट गभर्नर भई लायन्स क्लब ईन्टरनेशनल फाउन्डेसनबाट धरानमा उल्लेखनीय काम गरेको गुरुङले बताए । धरान-१३ स्थित लायन्स सत्यसाई स्कुलमा करिब १ करोड ७० लाखको भवन निर्माण उनकै कार्यकालमा सम्पन्न भएको समेत जानकारी दिए । धरान-१५ स्थित ज्ञान चक्षु स्कुलमा १५ सय २५ वटा सेतो छडी प्रदान गरेको साथै धरानका विभिन्न समाजिक कार्यमा लायन्सले उल्लेख्य महत्वपूर्ण कार्य गरेको समेत जानकारी दिए। उनका अनुसार धरानका सामुदायिक स्कुलमा १ लाख ५० हजार डट-कापी प्रदान गरियो । ५ हजार ५ सय ५५ पिन्ट रक्तदानको लक्ष्य राखिएकोमा ५ हजार ६ सय ८५ पिन्ट रगत सङ्कलन गरिएको समेत बताए ।

गभर्नर गुरुङको कार्यकालमा लायन्स क्लबहरू मार्फत बहिरा, दृष्टिविहिनहरुलाई कान सुन्ने मेशिन वितरण गरियो । त्यस्तै, काठमाडौँ, कीर्तिपुरमा लायन्स ब्लड बैक शाखा रहे जस्तै चाडै धरानमा स्थापना गरिने उनले बताए । लायन्स क्लबको डिस्ट्रिक्ट महाधिवेशन धरानमा आयोजना हुनु निकै अर्थपूर्ण रहने बताउँदै उनले यसबाट लायन्स क्लबको विकास एवं कल्याणकारी कार्यक्रमहरू धरानमा सञ्चालन हुने तथा धरानको पर्यटनको प्रवर्द्धनमा पनि भूमिका खेल्ने कुरा उल्लेख गरे ।

उनका अनुसार ‘हामी  सेवा गर्छौ’ भन्ने मुल नाराका साथ अमेरिकामा १९१७ मा स्थापित लायन्स क्लब १९७१ मा नेपालको विराटनगरमा पहिलो पटक क्लब पूर्व प्रधानमन्त्री स्वर्गीय मातृका प्रसाद कोइरालासक्रियतामा स्थापना भएको जानकारी दिए । 

धरानमा भने सन् १९८५मा लायन्स क्लब स्थापना भएको र हाल क्लबमा २१ वटा लायन्स क्लब आबद्ध रहेको समेत जानकारी दिए। विश्वका २१० राष्ट्रमा १४ लाख रहेका मध्ये ४२ हजार सदस्य नेपालका रहेका समेत गभर्नर गुरुङले बताए ।

महाधिवेशनमा प्रमुख अतिथि लायन्स क्लबका पास्ट ईन्टरनेशनल डाइरेक्टर पिआईटि सञ्जय खेताङ रहने समेत जानकारी दिए। त्यस्तै, अतिथिहरूको चाहना अनुसार धरान र भेडेटारको पर्यटकीयस्थलहरुको अवलोकन भ्रमणको कार्यक्रममा रहेको समेत बताए। 

महाधिवेशन उद्घाटन समारोह अघि महाधिवेशनका सहभागीहरूको शान्ति र्‍याली चुम्लुङ भवनबाट सुरु भई धरान बजार परिक्रमा गर्ने कार्यक्रम रहेको समेत बताए । महाधिवेशनले नयाँ नेतृत्व, कार्यसमिति चयन गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्ने समेत उनले बताए। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...