News Portal

लुम्बिनी समाज नेपाल कुवेतको छैटौं अधिवेशन तथा वार्षिक उत्सव ११ अगष्ट २०२३ मा हुने

हिमालीसंचार संवाददाता
५४२ पटक

कुबेत– सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” भन्ने मुला नाराको साथ २०१३ मा स्थापना भएको लुम्बिनी समाज नेपाल कुवेतले कुबेतमा रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनीबासीहरु लाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल कुबेतको आफ्नो छैटौं अधिवेशन तथा वार्षिक उत्सव आगामी अगस्ट ११ तारिक २०२३ शुक्रबारको दिन अतिथी कलाकारको साथमा मनाइने समाजका अध्यक्ष नेत्र पेमी मगरले बताए।

आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेतले कुवेतका संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने गृह जिल्ला तथा ग़ैर जिल्लामा विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहनु हुने लुम्बिनीवासीहरु लगाएत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी,बुद्धिजिवि,समाजसेवी,पत्रकार,कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अग्रिम निमन्त्रणा दिदै उक्त दिन कुनै कार्यक्रम नजुधाइ दिनुहुन अध्यक्ष मगरले विनम्र अनुरोध गरेका छन्।
आयोजक : लुम्बिनी समाज नेपाल कुवेत
कार्यक्रम: छैटौं अधिवेशन तथा वार्षिक उत्सव
स्थान : तय नभएको खोजीमा
मिति/समय : अगस्ट ११ तारिक बिहान ११ बजे

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...