News Portal

लुम्बिनी समाज नेपाल कुवेतको छैटौं अधिवेशन तथा वार्षिक उत्सव ११ अगष्ट २०२३ मा हुने

हिमालीसंचार संवाददाता
५७९ पटक

कुबेत– सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” भन्ने मुला नाराको साथ २०१३ मा स्थापना भएको लुम्बिनी समाज नेपाल कुवेतले कुबेतमा रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनीबासीहरु लाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल कुबेतको आफ्नो छैटौं अधिवेशन तथा वार्षिक उत्सव आगामी अगस्ट ११ तारिक २०२३ शुक्रबारको दिन अतिथी कलाकारको साथमा मनाइने समाजका अध्यक्ष नेत्र पेमी मगरले बताए।

आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेतले कुवेतका संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने गृह जिल्ला तथा ग़ैर जिल्लामा विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहनु हुने लुम्बिनीवासीहरु लगाएत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी,बुद्धिजिवि,समाजसेवी,पत्रकार,कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अग्रिम निमन्त्रणा दिदै उक्त दिन कुनै कार्यक्रम नजुधाइ दिनुहुन अध्यक्ष मगरले विनम्र अनुरोध गरेका छन्।
आयोजक : लुम्बिनी समाज नेपाल कुवेत
कार्यक्रम: छैटौं अधिवेशन तथा वार्षिक उत्सव
स्थान : तय नभएको खोजीमा
मिति/समय : अगस्ट ११ तारिक बिहान ११ बजे

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...