News Portal

वैदेशिक रोजगारीमा गएका झण्डै एक हजार जना बाकसमा फर्किए

हिमालीसंचार संवाददाता
३४७ पटक

काठमाण्डौ। चालु आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश गएका झण्डै एक हजार जनाले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार बितेका १० महिनामा विभिन्न २३ वटा देशमा नौ सय ९५ जनाको ज्यान गएको हो।

सबैभन्दा धेरै खाडीका देश र मलेसियामा नेपालीहरूको ज्यान गएको छ। खाडीको देश साउदीमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन्। साउदीमा एक महिला र २८७ पुरुष गरी २८८ जनाले यो अवधिमा ज्यान गुमाएका छन्।

साउदीपछि मलेसियामा २२८ जना पुरुष र तीन जना महिला गरी २३१ जनाको १० महिनाको अवधिमा ज्यान गएको छ। मलेसियापछि खाडीको देश कतारमा एक जना महिला र १८१ जना पुरुष गरी १८२ जनाको रोजगारीकै क्रममा मृत्यु भएको छ।

यस्तै, यूएईमा आठ जना महिला र १४० जना पुरुष गरी १४८ जनाको, कुवेतमा ९ जना महिला र ५० जना पुरुष गरी ५९ जनाको र खाडीकै अर्को देश बहराइनमा एक महिला र १७ जना पुरुष गरी १८ जनाको ज्यान गएको छ।

यस्तै ब्रुनाईमा २ जनाको, क्रोएसियामा ४ जनाको, साइप्रसमा ५ जनाको, इजरायलमा २ जनाको, जापानमा ८ जनाको, जोर्डनमा २ जनाको, मकाउमा १ जनाको, मालदिभ्समा ३ जनाको, माल्टामा दुई जनाको, ओमानमा ७ जनाको, पोर्चुगल र पोल्याण्डमा एक एक जनाको, दक्षिण कोरियामा १७ जनाको ज्यान गएको छ।

चालु आर्थिक वर्षको १० महिनामा विदेशमा कार्यरत रहेकै देशमा ज्यान गुमाएका व्यक्तिका परिवारका लागि ४६ करोड रुपैयाँ रकम आर्थिक सहायता दिइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि भित्रै ज्यान गएमा बोर्डमार्फत हकवालाले ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...