News Portal

  • मोरङमा रंगेली प्रहरीद्वारा ठुलो मात्रामा नक्कली धानको बीउ बरामद

    हिमालीसंचार संवाददाता
    ३०१ पटक

    रबिन्द्र बराल/मोरङ –  मोरङको सुनवर्षीबाट नक्कली धानको बीउ बिक्रीवितरण गर्ने १ जना पक्राउ परेका छन। धानको नक्कली बिउ बनाई बिक्री वितरण गरेको आरोपमा रंगेली प्रहरीले बीउ भनिएको धानसहित एक जनालाई पक्राउ गरेको जनाएको छ।

    नक्कली धानको वीउ विक्रिवितरण गर्ने आरोपमा पक्राउ पर्नेमा सुनवर्षी- ९ की २१ वर्षीया निशाकुमारी सिंह छिन् । प्रहरीका अनुसार सोही स्थान बस्ने रबिन कुमार साहको घरमा धानको नक्कली बिउ बनाई बोरामा भारतीय कम्पनीको स्टिकर टासी बिक्री वितरण गर्दै गरेको प्रहरीले जनाएको छ 

    प्रहरीले छापा मार्दा सो ठाउँबाट धानको बिउ ३४ बोरा (१ हजार १ सय १० केजी), झोलामा प्याकिङ गरेको तयारी धानको बिउ ५ झोला (३० केजी), बोरामा टाँस्ने स्टिकर १ सय ७५ पिस, बोरा सिलाउने मेसिन १ थान, खाली बोरा १२३ थान लगायतका समान बरामद गरेको हो । 

    प्रहरीले सुनवर्षी ९ डाइनिया बस्ने बिजय कुमार साहले सञ्चालन गर्दै आएको मुकेश खाद बिज भण्डारबाट सोही कम्पनी उल्लेखित बोरामा प्याकिङ गरी राखेको धानको बिउ २४ बोरा (६०० केजी) प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार धानको बिउ राख्ने सिजन भएकाले राम्रो पैसा कमाउने उद्देश्यले स्थानीय जातको धानलाई बिउ भन्दै बेचेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । 

    किसानलाई झुक्याउन बोरामा पान सिड्स प्रालि कोलकोता टाँस्ने गरेको भेटिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले हिमालीसंचारडटकमसंग बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...