News Portal

मोरङमा रंगेली प्रहरीद्वारा ठुलो मात्रामा नक्कली धानको बीउ बरामद

हिमालीसंचार संवाददाता
३६१ पटक

रबिन्द्र बराल/मोरङ –  मोरङको सुनवर्षीबाट नक्कली धानको बीउ बिक्रीवितरण गर्ने १ जना पक्राउ परेका छन। धानको नक्कली बिउ बनाई बिक्री वितरण गरेको आरोपमा रंगेली प्रहरीले बीउ भनिएको धानसहित एक जनालाई पक्राउ गरेको जनाएको छ।

नक्कली धानको वीउ विक्रिवितरण गर्ने आरोपमा पक्राउ पर्नेमा सुनवर्षी- ९ की २१ वर्षीया निशाकुमारी सिंह छिन् । प्रहरीका अनुसार सोही स्थान बस्ने रबिन कुमार साहको घरमा धानको नक्कली बिउ बनाई बोरामा भारतीय कम्पनीको स्टिकर टासी बिक्री वितरण गर्दै गरेको प्रहरीले जनाएको छ 

प्रहरीले छापा मार्दा सो ठाउँबाट धानको बिउ ३४ बोरा (१ हजार १ सय १० केजी), झोलामा प्याकिङ गरेको तयारी धानको बिउ ५ झोला (३० केजी), बोरामा टाँस्ने स्टिकर १ सय ७५ पिस, बोरा सिलाउने मेसिन १ थान, खाली बोरा १२३ थान लगायतका समान बरामद गरेको हो । 

प्रहरीले सुनवर्षी ९ डाइनिया बस्ने बिजय कुमार साहले सञ्चालन गर्दै आएको मुकेश खाद बिज भण्डारबाट सोही कम्पनी उल्लेखित बोरामा प्याकिङ गरी राखेको धानको बिउ २४ बोरा (६०० केजी) प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार धानको बिउ राख्ने सिजन भएकाले राम्रो पैसा कमाउने उद्देश्यले स्थानीय जातको धानलाई बिउ भन्दै बेचेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । 

किसानलाई झुक्याउन बोरामा पान सिड्स प्रालि कोलकोता टाँस्ने गरेको भेटिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...