News Portal

मोरङको रंगेलीमा निःशुल्क पाठेघर सम्बन्धि स्वास्थ्य शिविर संचालन

हिमालीसंचार संवाददाता
२९१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले महिलाहरुको लागि पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् ।

महालक्ष्मि बिधालय दर्वेशामा भएको शिविरमा दर्वेशा, बक्राह टोल, खादी टोल, आचार्य टोल, चाईनागेट टोल लगायतका स्थानहरुका महिलाहरुको उपस्थिति समेत रहेको थियो । 

नगरले उपचारबाट बन्चित भएका विपन्न घर परिवारका महिलाहरुले आफ्नो रोग लुकाउने र अन्तिम समयमा मात्रै रोगको पहिचान हुने र महिलाहरुको आकालमै ज्यान जाने भएको हुदा रंगेलीले महिलाहरुका लागि पाठेघर सम्बन्धि शिविरको संचालन गरेको हो। नगरले महालक्ष्मी माध्यमिक बिधालय, वीरेन्द्र आधारभूत विद्यालय दोहमाना, गणेश माध्यमिक बिधालय चोप्राहा, जनता माध्यमिक विद्यालय आमतोला, प्रगति माध्यमिक विद्यालय दौलतपुरमा गरि ५ वटा बिधालयमा शिविर सुरु गरेको हो। 

शिविरबाट पाठेघरका बिरामीहरु फेला परेका मध्ये शिविर भरिका ३० जना महिलाहरुलाई विराट नर्सिङ होमद्वारा निःशुल्क सल्यक्रिया गरिने र बाँकी बिरामीलाई नगरले रंगेली अस्पतालमा निःशुल्क उपचार समेत गरिने उप-प्रमुख भमा पराजुलीले बताईन। शिविरमा भिडियो एक्सरे, भियाई चेकजाँच गर्नुका साथै ३० प्रकारको निःशुल्क ओैषधी समेत बितरण गरिएको थियो। 

विराट नर्सिङ होमको सहयोग तथा रंगेली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आगामी ७ गतेदेखि १२ गतेसम्म विभिन्न समयमा शिविर संचालन हुने भएको छ । कार्यक्रम उपमेयर भुमा पराजुली, वडा अध्यक्ष टंक आचार्य, स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहता, भुपेन्द्र मंण्डल, स्थानीय महिला देवन्ता राजवंशी, बिधालयका प्रधानाध्यपक, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...