News Portal

मोटरसाइकल पल्टिएर घाइते भएकालाई उठाउन जाँदा उल्टै कुटिए ट्राफिक प्रहरी

हिमालीसंचार संवाददाता
५३१ पटक

बाँके। राजमार्गमा ट्राफिक चेकजाँचमा बसेका प्रहरीमाथि बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ परस्पुरका स्थानीयले आक्रमण गर्दा दुई जना घाइते भएका छन्।

सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि स्थानीयले बाँसका भाटाले हान्दै लखेटेको प्रहरीको भनाइ छ। स्थानीयको आक्रमणबाट ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक जङ्गबहादुर बस्नेत र प्रहरी जवान मानबहादुर ठगुन्ना घाइते भएका छन्।

घटना विवरण अनुसार बाँकेको नेपालगन्जमा रहेको ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक जङ्गबहादुर बस्नेत सहकर्मी प्रहरीसँग ट्राफिक चेकिङमा थिए। नियमित चेकिङको क्रममा नेपालगन्ज नगरपालिका वडा नं १७ परस्पुरमा पुगेका उनीहरू करिब २ घण्टा त्यहाँ बिताइसकेका थिए।

उनीहरूको चेकजाँच सकिएर फर्किने तयारी गरी रहँदा स्थानीय मेराज सेख भे ११ प १२५५ नम्बरको बुलेट मोटरसाइकलमा हेल्मेट नलगाई आउँदै थिए। अचानक प्रहरी चेकिङ देखेपछि मोटरसाइकल फर्काउँदै गरेका सेखले मोटरसाइकल नियन्त्रणमा लिन नसकेपछि सडकमै पल्टिए।

दुर्घटनामा परी घाइते भएका सेखलाई देखेपछि उद्धारका लागि गएको ट्राफिक प्रहरीले उठाउन नपाउँदै स्थानीयहरू आएर ट्राफिक प्रहरीका कारण दुर्घटना भएको भन्दै प्रहरीमाथि जाईलागेको प्रहरी दाबी छ।

प्रहरी सहायक निरीक्षक बस्नेतसँगै गएका प्रहरी जवान मान बहादुर ठगुन्नाले घाइतेलाई उठाउनै खोज्दा स्थानीयले ट्राफिक प्रहरीको चेकजाँचका कारण दुर्घटना भई घाइते भएको भन्दै आक्रोशित स्थानीयलाई सम्झाउनै प्रयत्न गर्दै गर्दा घर घरबाट निस्केका युवाहरूले हँसिया र बाँसका भाटा समेतले प्रहार गर्न थालेपछि घटना भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...