News Portal

मेयर साम्पाङद्वारा खानोपानी बोर्डको आय-व्यय सार्वजनिक

हिमालीसंचार संवाददाता
२२३ पटक

धरान – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई “साम्पाङ”द्वारा आज शुक्रबार धरान खानेपानीको वोर्डको आयव्यय पहिलो पटक  सार्वजनिक गरेका छन्।

मेयर साम्पाङ धरान खानेपानी बोर्डको अध्यक्ष समेत रहेका मेयरले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ नगरको मेयरमा निर्वाचित भएपछि हालसम्मको खानेपानी बोर्डको सम्पूर्ण विवरण अर्थात आयव्यय पहिलो पटक सार्वजनिक गरेका हुन्।  

मेयर सामाङले पत्रकार सम्मलेनमा आयव्यय सार्वजनिक गर्दैं  आफुले धरान उपमहानगरपालिकामा कार्यभार ग्रहण गर्दा बैंक खानेपानी बोर्डको खातामा ४ करोड ४४ लाख ३४ हजार ३ सय ५६ रुपैयाँ रहेको जानकारी दिए।,‘मेरो कार्यकाल भरी वैशाख ३१ गतेसम्मको आयव्यय १ करोड ९४ लाख ४ हजार ८ सय २ रुपैया बचत छ, उनले भने।’

मेयर साम्पाङका अनुसार यस अघिका जनप्रतिनिधिले खानेपानीको बोर्डमा रकम ७ करोड रकम रहेको भनेर हल्ला गरिए पनि यथार्थ सो कुरा गलत भएको पनि पत्रकार सम्मेलनमा बताएका थिए। 

मेयर साम्पाङले पत्रकार सम्मेलनमा अघिल्लो आर्थिक वर्षमा २ महिनाको आय २ करोड १४ लाख ६८ हजार ६५३ रुपैया ६० पैसा र  व्ययतर्फ ३ करोड ८५ लाख ६९ हजार ९६८ रुपैया ४४ पैसा खर्च भएको समेत जानकारी दिए। 

त्यस्तै, खानेपानी बोर्डको हालको चालु आर्थिक वर्षको बैशाख ३१ गतेसम्म कुल आयतर्फ १४ करोड ४६ लाख ८२ हजार ७९० रुपैया ३६ पैसा रहेको र खर्चतर्फ १४ करोड १० हजार २११ रुपैया २० पैसा भएको प्रतिवेदनमा उल्लेख गरेका छन्।  अब, बोर्डको सदस्यहरुलाई बोलाएर परिचयात्मक कार्यक्रम सहित धरान खानेपानी बोर्ड व्यवस्थापन समिति चलायमान हुने समेत जानकारी दिएका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...