News Portal

मोरङको रंगेली नगरपालिकाले शिक्षकहरुलाई क्षमता विकासका लागि तालिम दियो

हिमालीसंचार संवाददाता
२५२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले नगर भित्रको सामुदायिक विद्यालयमा कार्यरत सबै बिषयका  शिक्षक, शिक्षिकाहरुका लागि क्षमता विकासका लागि तालिम सुरु गरिएको छ ।

नगरका सबै शिक्षकहरुलाई पालैपालो गरेर १० दिनसम्मको तालिम दिने व्यवस्था मिलाइएको छ । मानव अधिकार तथा वातावरण मञ्च (फरेन ) विराटनगरको प्राविधिक आयोजक तथा नगरपालिकाको सहयोगमा तालिम सुचारु गरिएको हो। शिक्षकलाई अस्पतालको सभाहल, रत्न माध्यमिक बिधालय र जनता क्याम्पसको भवनामा तालिमको सुरु गरेको हो । 

तालिम माध्यमिक तह, निम्नमाध्यमिक तह र प्राथमिक तहका शिक्षकहरुलाई तालिमको व्यवस्था गरिएको छ। नेपाल सरकारले स्थायी शिक्षकहरुलाई मात्र तालिमको व्यवस्था गर्दे आएको भएता पनि रंगेली नगरपालिकाले पनि अस्थायी  शिक्षकहरूलाई पनी तालिममा सहभागी गराएको हो।  गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार भएकाले अझै बिधार्थीहरुका लागि पठनपाठनमा सहयोग पुग्ने बिश्वास गर्दे तालिमबाट प्राप्त ज्ञान र सीप विद्यालयमा प्रयोग गर्न सबै शिक्षकहरुलाई आग्रह गरेको गरेका छन। 

नगरले सार्वजनिक विद्यालयहरूमा कार्यरत अस्थायी  शिक्षकहरूले तालिममा राखेकोमा खुसी व्यक्त समेत गरेका छन्। प्रदेशमै पहिलो पटक रंगेली नगरपालिकाले नगरका सबै शिक्षकहरुलाई समेटेर क्षमता विकास तालिम आयोजना गरेका हुन् । बिधालय व्यवस्थापन, अभिवावक र बिधालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई समेत तालिमको व्यवस्था गरिएको  मेयर दिलीप बगडियाले हिमालीसंचारडटकमसंग बताए ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...