News Portal

धरानमा ट्यालेन्ट हन्ट एक दिने महिला-पुरुष बास्केटबल प्रतियोगिता हुने

विकाश चाम्लिङ राई
३०१ पटक

विकाश चाम्लिङ राई/धरान– धरान उपमहानगरपालिका धरानमा भर्खरै मात्र सम्पन्न बास्केटबल ट्यालेन्ट हन्टमा सहभागी विद्यार्थीहरु बिच एकदिने ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिता हुने भएको छ ।

धरान बास्केटबल संघको आयोजना तथा धरान मेघा कलेजको मुख्य प्रायोजन र मन्टेसरी किन्डरगार्टेनको सह-प्रायोजकमा शुक्रबार महिला पुरुष एकदिने प्रतियोगिता हुन लागेका हुन।प्रतियोगितामा पुरुषतर्फ ६ टिम र महिलातर्फ २ टिम रहेको छ । प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

उनीहरुलाई बास्केटबल संघले बैशाख ९ गतेदेखि ३० गतेसम्म ट्यालेन्ट हन्टको आयोजना गरेर बास्केटबल खेल सम्बन्धि आधारभूत ज्ञान तथा प्रशिक्षण दिएका थिए । ट्यालेन्ट हन्टका उत्कृष्ट महिला-पुरुष बास्केटबल खेलाडिहरुलाई धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले हिमालीसचारडटकमसंग जानकारी गराए । 

प्रतियोगिताको सम्पूर्ण खेल धरान रंगशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा हुने समेत जानकारी दिए। प्रतियोगितामा सुनसरी बास्केटबल संघको प्राबिधिक सहयोग रहने भएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...