News Portal

  • धरानमा ट्यालेन्ट हन्ट एक दिने महिला-पुरुष बास्केटबल प्रतियोगिता हुने

    विकाश चाम्लिङ राई
    २३६ पटक

    विकाश चाम्लिङ राई/धरान– धरान उपमहानगरपालिका धरानमा भर्खरै मात्र सम्पन्न बास्केटबल ट्यालेन्ट हन्टमा सहभागी विद्यार्थीहरु बिच एकदिने ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिता हुने भएको छ ।

    धरान बास्केटबल संघको आयोजना तथा धरान मेघा कलेजको मुख्य प्रायोजन र मन्टेसरी किन्डरगार्टेनको सह-प्रायोजकमा शुक्रबार महिला पुरुष एकदिने प्रतियोगिता हुन लागेका हुन।प्रतियोगितामा पुरुषतर्फ ६ टिम र महिलातर्फ २ टिम रहेको छ । प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

    उनीहरुलाई बास्केटबल संघले बैशाख ९ गतेदेखि ३० गतेसम्म ट्यालेन्ट हन्टको आयोजना गरेर बास्केटबल खेल सम्बन्धि आधारभूत ज्ञान तथा प्रशिक्षण दिएका थिए । ट्यालेन्ट हन्टका उत्कृष्ट महिला-पुरुष बास्केटबल खेलाडिहरुलाई धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले हिमालीसचारडटकमसंग जानकारी गराए । 

    प्रतियोगिताको सम्पूर्ण खेल धरान रंगशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा हुने समेत जानकारी दिए। प्रतियोगितामा सुनसरी बास्केटबल संघको प्राबिधिक सहयोग रहने भएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...

    तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

    जनकपुरधाम, कात्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै आगामी...