News Portal

यौन दुव्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

हिमालीसंचार संवाददाता
६९१ पटक

रमेश चाम्लिङ/खोटाङ – खोटाङको शुभद्रा-मदन (शुभम्) फाउन्डेशनका संचालक कृषिविज्ञ मदन राई यौन दुव्यवहारको आरोपमा पक्राउ परेका छन्।

जिल्लाको दिक्तेल मझुवागढी  नगरपालिका-२ स्थित सोल्मामा स्थापित शुभम् फाउन्डेशनमा अध्ययनरत छात्रालाई यौन दुव्यवहार गरेको आरोपमा कृषिविज्ञ राईलाई हिजो शुक्रबार प्रहरीले पक्राउ गरेका हुन्। 

पिडित किशोरीको मौखिक उजुरीका आधारमा कृषिविज्ञ राईलाई अनुसन्धानका लागि शुभम् फाउन्डेशनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए। अहिले आरोपित राई पक्राउ परेपछि किशोरीले लिखित रुपमा जाहेरी दरखास्त दिएकी प्रहरीले जनाएको छ। 

पक्राउ परेको राईलाई प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। अनुसन्धान सकिएपछि सरकारी वकिलको कार्यालय मार्फत अदालतमा पेश गरिने प्रहरीले जानकारी दिए। बैकल्पिक शिक्षाको अभ्यस गराउदैं आएको फाउन्डेशन मार्फत अहिले विभिन्न जिल्लाका १ सय ५० जना विधार्थीहरु फाउन्डेशनमा बसेर अध्ययन गरिरहेका छन्। यो समाचार बैशाख २८ गते सेतोपाटीले प्रकाशित गरेको थियो। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...