News Portal

  • यौन दुव्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

    हिमालीसंचार संवाददाता
    ६२९ पटक

    रमेश चाम्लिङ/खोटाङ – खोटाङको शुभद्रा-मदन (शुभम्) फाउन्डेशनका संचालक कृषिविज्ञ मदन राई यौन दुव्यवहारको आरोपमा पक्राउ परेका छन्।

    जिल्लाको दिक्तेल मझुवागढी  नगरपालिका-२ स्थित सोल्मामा स्थापित शुभम् फाउन्डेशनमा अध्ययनरत छात्रालाई यौन दुव्यवहार गरेको आरोपमा कृषिविज्ञ राईलाई हिजो शुक्रबार प्रहरीले पक्राउ गरेका हुन्। 

    पिडित किशोरीको मौखिक उजुरीका आधारमा कृषिविज्ञ राईलाई अनुसन्धानका लागि शुभम् फाउन्डेशनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए। अहिले आरोपित राई पक्राउ परेपछि किशोरीले लिखित रुपमा जाहेरी दरखास्त दिएकी प्रहरीले जनाएको छ। 

    पक्राउ परेको राईलाई प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। अनुसन्धान सकिएपछि सरकारी वकिलको कार्यालय मार्फत अदालतमा पेश गरिने प्रहरीले जानकारी दिए। बैकल्पिक शिक्षाको अभ्यस गराउदैं आएको फाउन्डेशन मार्फत अहिले विभिन्न जिल्लाका १ सय ५० जना विधार्थीहरु फाउन्डेशनमा बसेर अध्ययन गरिरहेका छन्। यो समाचार बैशाख २८ गते सेतोपाटीले प्रकाशित गरेको थियो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...