News Portal

मोरङको रंगेलीमा ४५ दिने ढाका जोन तालिम अन्तिम चरणमा

हिमालीसंचार संवाददाता
३१८ पटक

रबिन्द्र बराल/धरान – “स्वदेशी उद्यम र उत्पादन दिगो, औद्यौगिक पुनरुत्थान गरौ” भन्ने मुल नाराका साथ रंगेली नगरपालिकामा  ४५ दिने ढाका जोन तालिम संचालन गरिएको छ ।

रंगेली नगरपालिकाले नगर भित्रका बेरोजगारी महिलाहरुलाई सीप सिकाएर सबल उद्यमी बनाउने उदेश्यका साथ तालिम सुरु गरेको हो ।  नगरले बिभिन्न बर्गका महिलाहरुलाई लक्षित गर्दे  २० जना महिला तथा युवतीहरुले ढाका जोन तालिममा सहभागी भएका छन। 

तालिममा सहभागी रंगेली ८ बसपार्क की नेत्रकुमारी खत्री (राय) का अनुसार नगरले हामी महिलाहरुलाई घरको काम मात्रै नभएर केही सीप सिकाए र आत्मानिर्भर बनाउन खोजिरहेको आफुहरु अत्यन्तै खुशि भएको रायले बताईन् । नगरले हामीलाई ४५ दिन तालिम दिएको भएता पनि आफूहरुलाई पूरा कोर्ष सक्नका लागि ३ महिना वा ६ महिना सम्मको तालिम गराए हामीहरुलाई अझै राम्रो हुने रतना राजवंशीले बताईन ।  

अनुगमनका क्रममा उपमेयर भुमा पराजुलीका अनुसार महिलाहरुका लागि नगरले सिलाई कटिङ, व्युटिषन, बाख्रा पालन, ढाका जोन लगायत आधा दर्जन तालिम संचालनमा महिलाहरुलाई सहभागीता गराएको र धेरैले अहिले सीप सिकेर राम्रो आमदानी समेत गर्ने गरेको र आत्मानिर्भर बनाउन समेत सफल भएको पराजुलीले बताईन। 

तालिममा साडि, सल, टोपी लगायातका सामाग्री बनाउने काम  सुरु गरेको प्रक्षिक देवन्ता कटुवालले बताईन। रंगेली नगरपालिकाको साझेदारी तथा घरेलु तथा साना उद्योग कार्यालय मोरङ, विराटनगरको आयोजनामा कार्यक्रम संचालन गरिएको हो ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...