News Portal

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाइने

हिमाली संचार संवाददाता
५७३ पटक

काठमाडौँ– शहरी विकास मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पस पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाउने भएको छ ।  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले नेपाल नागरिक उड्डययन प्राधिकरणका नाममा रहेको १८९ रोपनी जग्गामा सो  भवन बनाउन तयारी गरिएको जानकारी दिए । मन्त्रालयले ५८ रोपनी जग्गामा मात्र भवन बनाउन प्रस्ताव गरेकामा मन्त्रिपरिषद् बैठकले पूरै जग्गा ओगट्न निर्णय गरी सोमबार पत्राचार गरेको बताइएको छ ।

‘चालू आर्थिक वर्षमा भवनको डिजाइन सकेर टेण्डर गर्छौंँ, आगामी आवको शुरुदेखि नै निर्माण शुरु हुन्छ’, उनले भने, ‘प्रारम्भिक अनुमानअनुसार भवन बनाउन रु ५० करोड लाग्नेछ, निर्माणको वास्तविक लागत डिजाइनपछि सार्वजनिक हुनेछ ।’ पाँच हजार सिट क्षमताको सो भवनको एक हजार सिटमा मात्र टेबलको व्यवस्था गरिनेछ ।

यस्तै सातै प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पर्क कार्यालका लागि समेत भवन बनाउन अध्ययन शुरु गरिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । सांसद आवास भवन बनाउन छुट्याइएको भैँसेपाटीको जग्गामा सो कार्यालय स्थापना गर्न अध्ययन शुरु गरिएको हो ।

काठमाडौँ उपत्यका वरपरका नगरपालिकालाई स्याटेलाइट सिटी, स्मार्ट सिटी, मेगा सिटी एवं मेट्रो सिटीका रुपमा विकास गर्न लागिएको बताइएको छ । संयुक्त राष्ट्र सङ्घ (युएन) पार्क विकास समितिसमेत गाभिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको नेतृत्वमा वाग्मतीको पानी सफा बनाउने अभियान पनि जारी राखिनेछ ।

मन्त्रालयअन्तर्गतका आयोजनाको काम समयमा नगर्ने निर्माण व्यवसायी एवं परामर्शदातालाई कालोसूचीमा राखी कानूनी कारवाहीको प्रक्रिया शुरु गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गत यसअघि ३५ डिभिजन कार्यालय रहेकामा सङ्घीय संरचनानुसार सात प्रदेशमा एकाइसहित १२ कार्यालय रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...