News Portal

राति सुत्नुअघि नियमित ल्वाङ खानुका यस्ता छन् अचुक फाईदाहरु

हिमालीसंचार संवाददाता
१२१० पटक

काठमाडौ। आयुर्वेदिक औषधि एवं उपायले एन्टिफंगल, जीवाणुरोधी, एन्टिसेप्टिक, एवं एनाल्जेसिकका रूपमा काम गर्दछ। यिनैमध्ये एक हो ल्वाङ, जुन फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा–३ एवं खनिजको राम्रो स्रोत हो। यसले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउने काम गर्छ।

दैनिक खानपानमा मसलाको रूपमा प्रयोग गरिने ल्वाङलाई आयुर्वेदमा औषधिको रूपमा महत्व दिइन्छ। राति सुत्नुअघि नियमित ल्वाङ सेवन गर्दा १० दिनभित्रै यसको फाइदा महसुस गर्न सकिन्छ। सुत्ने बेलामा ल्वाङ खाँदा शरीरमा आश्चर्यजनक फाइदा देखा पर्छ।

थुप्रै प्राकृतिक औषधि ल्वाङबाट बनाइन्छन्। यसको तेल निकालेपछि पसलेहरू यसलाई बेच्नका लागि बजारमा ल्याउँछन्। जब कि तेलबिनाको ल्वाङ कामलाग्दो हुँदैन।

तपाईंले ल्वाङमा चाउरी परेको वा चिरा परेकोजस्तो पाउनुभयो, पुष्ट पाउनुभएन भने सम्झनुस् कि त्यसबाट तेल निकालिएको छ। त्यसलाई किनेर काम छैन किनभने त्यस्ले कुनै काम गर्दैन। ल्वाङको सबैभन्दा महत्वपूर्ण कुरा नै यसको तेल हो । तसर्थ तेलयुक्त ल्वाङबाट मात्रै इच्छित स्वास्थ्यलाभ लिन सकिन्छ।

दाँत दुखाइमा आराम:
तपाईंको दाँत दुखेको खण्डमा ५ ग्राम कागतीको रसमा ३ वटा ल्वाङ पिसेर जहाँनेर दुखेको छ ठीक त्यहीँ लगाउनुहोस्। तुरुन्तै आराम मिल्छ। अथवा बजारबाट ल्वाङको तेल ल्याएर कपास भिजाएर दुखेको ठाउँमा लगाउँदा पनि राहत हुन्छ। यति पनि नभए ल्वाङलाई नै दुखेको ठाउँमै पारेर च्यापिराख्दा पनि केही बेरमा आराम हुनथाल्छ। ल्वाङले दाँतका सबैखाले संक्रमण हटाउँछ।

घाउको उपचार:
ल्वाङ निकै कडा रसयुक्त हुन्छ। कुनै पनि प्रकारको घाउ छ भने जैतुनको तेलमा थोरै ल्वाङको तेल मिसाएर घाउमा लगाउँदा घाउ छिटै निको हुन्छ। काटेको वा अन्य चोटपटक लागेको अवस्थामा ल्वाङलाई पिसेर त्यसमा बेसार मिसाई लगाउँदा चोट चाँडै निको हुन्छ। त्यो पाक्ने सम्भावना रहँदैन।

घाँटीको खसखस:
मौसमी परिवर्तन वा बाहिरी खानपानका कारण घाँटी बस्ने, खसखस हुनेजस्ता समस्या देखापरे १–२ घण्टाको अन्तरालमा एउटा ल्वाङ चपाउने वा त्यसलाई जिब्रोमा राखिराख्नाले घाँटी खसखस हुने वा दुख्ने समस्या हट्छ।

पेट सफा राख्न:
दिनमा २–४ वटा ल्वाङ चपाएर खानाले पूरै दिन ताजापन महसुस हुनाका साथै पेट पनि सफा रहन्छ। नियमित ल्वाङको सेवनले हरेक दिन पेट खलास हुन्छ।

इम्युन सिस्टम वृद्धि:
ल्वाङमा इम्युन बुस्टर हुन्छ जसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउन सहयोग गर्छ। ल्वाङको नियमित सेवनले कमजोरी हट्छ।

हातगोडा काम्दैन:
कतिपयमा हातगोडा काम्ने समस्या हुन्छ। यस्तो समस्या छ भने हरेक रात सुत्नुअघि १–२ वटा ल्वाङ चपाएर खानुपर्छ। केही दिनपछि हातगोडा काम्ने समस्या निर्मूल हुन्छ।

अन्य समस्यामा:
टाउको दुखेको छ घरमा अन्य औषधि छैन, भनेपछि के गर्ने ? यस्तोमा २–३ वटा ल्वाङ पिसेर मनतातो पानीसँग स्वाट्ट पिइदिनुपर्छ। केही बेरपछि नै राहत महसुस हुन्छ। कतिपय मानिसको आँखाको सेतो भागमा समस्या हुन्छ जसका कारण उनीहरूको दृष्टि कमजोर हुन्छ।

यस्तो अवस्थामा तामाको भाँडामा ल्वाङ पिसेर त्यसमा थोरै मह मिसाई खानुपर्छ। फाइदा गर्छ। यति धेरै गुण भएर पनि ल्वाङको बढी सेवन हानिकारक हुन्छ। यसको प्रकृति गर्मी खालको हुन्छ। तसर्थ यसको सेवन गर्नुअघि आयुर्वेदिक विशेषज्ञसँग परामर्श लिनु राम्रो हुन्छ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...