News Portal

मेयर साम्पाङले उपेक्षा गरेको भन्दै पत्रकार महासंघ सुनसरीद्धारा आन्दोलनको घोषणा

हिमालीसंचार संवाददाता
२६७ पटक

धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ” ले प्रेस स्वतन्त्रताका पक्षमा प्रतिवद्धता नजनाएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

मेयर राईको कारणले धरानमा पत्रकारहरुले असुरक्षित महशुस गर्ने अवस्था सृर्जना भएको र स्थानीय नगर प्रमुख आफै स्वतन्त्र प्रेस विरोधी देखिएको ठहर गर्दे महासंघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । 

महासंघले गत आइतबार तीन दिनभित्र आफ्नो प्रतिवद्धता सार्वजनिक गर्न र धम्की, गालीगलौजपूर्ण अभिव्यक्ति फिर्ता लिन अल्टिमेटम दिएको थियो। मेयरले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेपनि प्रेस स्वतन्त्रप्रति उपहानगरपालिकाको प्रतिवद्धता पत्रकार महासंघलाई प्रक्रियाकत रुपमा नआएको भन्दै महासंघले आन्दोलन घोषणा गरेको हो ।

महासंघ अध्यक्ष जनकऋषि राई र सचिव ध्रुव ढकालद्वारा जारी विज्ञप्तिमा आन्दोलनका सम्पूर्णपृष्ठ सार्वजनिक गर्दै बैशाख २८ गते प्रेस विज्ञप्ती जारी गर्ने, बैशाख २९ गते जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, बैशाख ३० गते सुनसरीबाट प्रकाशित पत्रिका र अनलाइन पोर्टलहरुमा एउटै नारा प्रकाशन, प्रशारण गर्न आग्रह गर्ने लगायतका आन्दोलनको कार्यक्रम सार्वजनिक आन्दोलनको पहिलो चरणको आन्दोलन सार्वजनिक गरिएको छ ।

यसै गरी आगामी बैशाख ३१ गते सुनसरीका पत्रकारहरुले जिल्लाभर एउटै नारा फेसबुक स्टाटस लेख्ने, जेठ १ गते धरानमा मौन जुलुस प्रर्दशन गर्ने र जेठ २ गते धरानमा पूर्व नगर प्रमुखहरुसँग अन्तरक्रिया गर्ने पनि महासंघले आन्दोलनको कार्यक्रममा समावेश गरी आन्दोलन धोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...