News Portal

  • मोरङको सुनवर्षीमा उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई वडाकार्यालयद्वारा सम्मान

    हिमालीसंचार संवाददाता
    २३४ पटक

    रबिन्द्र बराल/मोरङ –  मोरङको  सुनवर्षी नगरपालिका ५ स्थित टकुवामा रहेको वडा कार्यालयले उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

    वडाले प्राथमिक तह र निम्नमाध्यमिक बिधालयका छात्र-छात्राहरुलाई बिधालयमा नियमित उपस्थित रहेका र जेहेन्दार  बिधार्थीहरुलाई सम्मान गरेको हो। वडाकार्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जनता आधारभूत बिधालय नवागञ्ज, बिष्णु आधारभुत, राम जानकी आधारभुत, गुलेश्वरी आधरभुत र मदरसा महिसुदिप आधारभुत बिधालयहरुमा अध्यायन गर्ने १ कक्षादेखि ७ कक्षासम्मका ६० जना बालबालिकाहरुलाई पेन्सिल, कपि र व्याग वितरण गरेका थिए।  

    विद्यालयको शैक्षिक उन्नति प्रगति तथा विकासका साथै अनुशासित, कर्तव्यनिष्ठ, नियमितता र विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान एवम् शिक्षण पेशालाई थप सबल बनाउन  पहल कदमीको मुल्याङ्कन गर्दै नियमित रुपमा उपस्थित र बिधालय राम्रो काम गरेका १२ जना  शिक्षक, शिक्षिकाहरुलाई  प्रमाणपत्र र दोसल्लाह ओढाएर सम्मानित समेत गरिएको थियो । 

    सामुदायिक  बिधालयका बालबालिकाहरुलाई गर्मी समय सुरु भएपछि पठनपाठनमा समस्या परेको भन्दै वडा अध्यक्ष योगेश्वर ठाकुरले बिधालयलाई सिलिङ पङ्खा, टेवुल पङ्खा समेत वितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि सुनवर्षी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रूद्रप्रसाद दुलालले भने बिधार्थी र शिक्षकहरुका लागि यसरी वडाले सम्मान गर्नु बालबालिकाहरुलाई हौसला बढाएको हुदा धन्यवाद समेत दिएका थिए ।      

    वडा अध्यक्ष ठाकुरका अनुसार शिक्षाकहरुले आगामी दिनहरुमा अझै बिधालयका लागि राम्रो र अनुशासनमा रहेर काम गरेको आधार अनुसार थप सम्मानित गर्दे जाने ठाकुरले बताए । कार्यक्रममा वडासचिव भविन कार्की, वडासदस्य स्थानीय कमलेश्वर ठाकुर, बिधालयका प्रध्यानपक, शिक्षक, स्थानीय, बुद्धिजीवी लगायतको समेत उपस्थिति रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...