News Portal

मोरङमा लागू तथा मनोद्विपक औंषधि र कर सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न

हिमालीसंचार संवाददाता
२२४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको विभिन्न नगरपालिकाहरुमा लागू तथा मनोद्धिपक र कर सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न गरिएको छ। औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधी व्यवसायीहरुले विक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

रंगेली नगरपालिका- ७ स्थित तिरुपति बालाजी मन्दिरको सभाहलमा नेपाल औषधी व्यवसायी संघ मोरङले सोमबार एक कार्यक्रमको आयोजना गर्दे चिकित्सकको प्रेसक्रिप्सन विना लागू तथा मनोद्धिपक औषधि बिक्री वितरण गर्दा यसको दुरूपयोग बढेको कारणले समाजका युवाहरु कुलतमा फस्ने सम्भावना बढ्दै गएको सहभागीहरुले बताए ।  

नेपाल औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी अधिकृत अनिल परियारले औषधीको समुचित प्रयोग बढाउने र अनुचित प्रयोग घटाएर लैजान सबैको साथ सहयोग आवश्यक रहेको बताए । औषधी व्यवसायीहरुलाई सचेत गराउनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको समेत बताए । 

फार्मेशीहरुले आफु खुसी बिक्री वितरण गरेको पाइए औषधी ऐन २०३५ अनुसार कारवाहीको भागिदार हुनुपर्ने र पछिल्लो समय लागू तथा मनोद्धिपक औषधि चरम दुरूपयोग बढेको उल्लेख गर्दै उनले औषधी व्यवसायीहरू सचेत हुन जरुरी रहेको समेत  बताए। चिकित्सकले शिफारिस गरे अनुसार लागू तथा मनोद्धिपक औषधिको सेवनले विरामी ठिक हुने गर्दछ,’ उनले भने, ‘तर, यही औषधी गलत तरिकाले अनुचित रुपमा विक्री वितरण गर्दा दूर्व्यासनीले सेवन गरेको सहभागीहरुले बताए । 

कार्यक्रममा रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका र कानेपोखरी गाउँपालिकाको औषधि व्यवसायहरुको सहभागी रहेको थियो।रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुली, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का, सिजुवाका प्रमुख प्रहरी निरीक्षक डुण्डी गिरी, नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मि तिम्सिना, देशबन्धु ढकाल रंगेलीका औषधि ब्यवसायका नरेश मंण्डल, शिशुपाल यादव, रुपेश मंण्डल, अर्विन मण्डल लगायतका सहभागीहरु रहेको थियो । त्यस्तै, आन्तरीक राजस्व कार्यालय विराटनगरका कर अधिकृत प्रेमप्रसाद मण्डलले अभिमुखिकरण तालिम प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...