रबिन्द्र बराल/मोरङ – मोरङ जदाहा गाउँपालिका-४ स्थित जयरामपुर टोल बस्ने ३० बर्षीय दिनेशकुमार मुखियालाई लेनदेनको बिगो मुद्धामा जिल्ला अदालत मोरङले २०७९ माघ २७ गते ६ महिना तोकिएको र फरार कसुरदार आफ्नै गाँउ घरमा लुकीछिपी बसि रहेको अवस्थामा मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै, मोरङकै धनपालथान गाउँपालिका- ५ स्थित बबियाटोल बस्ने ४० बर्षीय सञ्जय मण्डल बोक्सिको आरोपमा फरार अभियुक्त रहेको र जिल्ला अदालत मोरङको फैसला मंसिर ७ गतेले २०७८ सालमा ५ बर्ष कैद र नगद ५० हजार रुपैयाँ जरिवना तोकेको थियो ।
त्यस्तै, सोहि स्थान बस्ने टेट्नु मण्डलको छोरी ६० बर्षकी चम्पादेवी मण्डललाई ४ बर्ष ११ महिना १ दिन कैद र नगद ५० हजार रुपैयाँ जरिवना तोकिएको र उनीहरु आफ्नै गाँउ घरमा लुकीछिपी बसि रहेको अवस्थामा रंगेली प्रहरीले गोप्य सूचनाको आधारमा तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले हिमालीसंचारडटकमसंग बताए ।