News Portal

  • मोरङको रंगेली नगरपालिकाले नेतृत्व तथा क्षमता विकासका लागि तीन दिने तालिम शुरु गऱ्यो

    हिमालीसंचार संवाददाता
    २१० पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले नेतृत्व तथा क्षमता विकास सम्बन्धी रंगेलीमा ३ दिने तालिम शुरु गरिएको छ । नगरपालिकाको सभाहलमा सुरु भएको तालिम बैशाख २४ गतेदेखि २६ गतेसम्म संचालन हुने भएको हो।

    आयोजित उक्त कार्यक्रममा नगरका जनप्रतिनिधि महिला, विभिन्न संस्थाका प्रतिनिधि लगायतका सहभागीता रहेको थियो। कार्यक्रममा सहभागी आम सर्वसाधारणहरुले संगठनको अगुवाइ कसरी गर्ने, नेतृत्व क्षमता विकास कसरी हुने, नेतृत्व भनेको निर्देशन वा आफ्नो संगठनको व्यवस्थापन गर्ने कार्यलाई नेतृत्व भन्ने बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए। 

    आयोजित कार्यक्रममा सहभागीहरुलाई कुनै पनि समस्याको पहिचान र त्यस्ता समस्याहरुलाई समाधान गर्ने उपायहरु खोज्ने र कार्यान्वयन गरी समस्या समाधान गर्ने  कुरामा समेत जानकारी गराएको थियो ।रंगेली नगरपालिका भित्रका महिला तथा वालवालिका शाखाको आयोजनामा उक्त कार्यक्रम संचालन गरिएको हो । 

    कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, प्रमुख प्रशाशकीय अधिकृत ओमकार न्यौपाने, स्थानीय यसोदा काईराला, पुनम सापकोटा, तारा गुरुङ, ममता आलेमगर, गायत्री श्रेष्ठ लगायत विभिन्न महिला संन्जालका महिलाहरुको समेत उपस्थिति रहेको थियो । नेतृत्व तथा संस्थागत विकास  तालिम मन्जीता उपाध्यायले सहभागीहरुलाई तालिम दिएकी छिन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...