News Portal

मोरङको रंगेली नगरपालिकाले नेतृत्व तथा क्षमता विकासका लागि तीन दिने तालिम शुरु गऱ्यो

हिमालीसंचार संवाददाता
२८४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले नेतृत्व तथा क्षमता विकास सम्बन्धी रंगेलीमा ३ दिने तालिम शुरु गरिएको छ । नगरपालिकाको सभाहलमा सुरु भएको तालिम बैशाख २४ गतेदेखि २६ गतेसम्म संचालन हुने भएको हो।

आयोजित उक्त कार्यक्रममा नगरका जनप्रतिनिधि महिला, विभिन्न संस्थाका प्रतिनिधि लगायतका सहभागीता रहेको थियो। कार्यक्रममा सहभागी आम सर्वसाधारणहरुले संगठनको अगुवाइ कसरी गर्ने, नेतृत्व क्षमता विकास कसरी हुने, नेतृत्व भनेको निर्देशन वा आफ्नो संगठनको व्यवस्थापन गर्ने कार्यलाई नेतृत्व भन्ने बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए। 

आयोजित कार्यक्रममा सहभागीहरुलाई कुनै पनि समस्याको पहिचान र त्यस्ता समस्याहरुलाई समाधान गर्ने उपायहरु खोज्ने र कार्यान्वयन गरी समस्या समाधान गर्ने  कुरामा समेत जानकारी गराएको थियो ।रंगेली नगरपालिका भित्रका महिला तथा वालवालिका शाखाको आयोजनामा उक्त कार्यक्रम संचालन गरिएको हो । 

कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, प्रमुख प्रशाशकीय अधिकृत ओमकार न्यौपाने, स्थानीय यसोदा काईराला, पुनम सापकोटा, तारा गुरुङ, ममता आलेमगर, गायत्री श्रेष्ठ लगायत विभिन्न महिला संन्जालका महिलाहरुको समेत उपस्थिति रहेको थियो । नेतृत्व तथा संस्थागत विकास  तालिम मन्जीता उपाध्यायले सहभागीहरुलाई तालिम दिएकी छिन् ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...