News Portal

धरानमा टेम्पो र ई-रिक्सा चालकहरु संगठित भए

हिमालीसंचार संवाददाता
३८० पटक

विकास चाम्लिङ राई/धरान – धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान-१८ आसपास कार्यरत टेम्पो तथा ई-रिक्सा चालकहरुको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेम्पो तथा ई-रिक्सा इकाई कमिटी गठन गरेको छ ।

आइतबार धरान-१८ स्थित नेपाल बौद्ध गुम्बाको सभाहलमा चालकहरुको भेलाले चन्द्रबहादुर राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा डिल्लीबहादुर लिम्बू, सचिवमा घनश्याम आचार्य, सहसचिवमा सोभीत राई र कोषाध्यक्षमा विजयकुमार राई रहेका छन् । कमिटीको सदस्यहरुमा प्रशान्त शाही, निलन राई, जीवन राई, सुरेश लिम्बू, तेज प्रधान, मनकुमार राई, राजकुमार तामाङ, श्यामकुमार राई, सिंहबहादुर लिम्बू, दुर्गामान तामाङ र श्याम राई रहेका छन् । 

भेलाले घोपा क्याम्प अघि टेम्पो पार्किङ, भानुचोकको टेम्पो पार्किङ, धरानमा उत्पन्न ट्राफिक समस्या तथा समग्र धरानमा उत्पन्न भएको पार्किङ लगायतका समस्याका सन्दर्भमा स्थानीय सरकार, सरोकारवाला र जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानसंग छलफल गरी समस्याको समाधान खोजिने निर्णय गरेको छ । 

भेलाका प्रमुख अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले राज्य र राज्यका सम्पूर्ण संयन्त्रहरु श्रमिक प्रतिकुल रहेकाले श्रमिकहरुको अवस्था क्रमशः कमजोर हुँदै गइरहेको बताए । उनले भने राज्य पूँजी पक्षिय र श्रमिकहरुलाई हेप्ने चरित्रको छ । जसका कारण स्वरोजगारहरुको लगानी पलायन हुँदै गइरहेको र श्रमिकहरु विस्थापित हुँदै गइरहेकाले श्रमिकहरु संगठित हुनु पर्ने राईले बताए । धरानमा सवारीको आयात अनियन्त्रित छ । 

ट्राफिक समस्या अस्तव्यस्त छ। यो व्यथितिको भार चालकहरुले बोक्नु परिरहेको छ। कुनैपनि बेला धरान उपमहानगरले श्रमिकहरु र स्वरोजगारप्रतिकुल निर्णय लिनसक्छ त्यो बेला हामीलाई सहायता चाहिन्छ र हामी सहारा विहिन हुनसक्छौं त्यसैले हाम्रो शक्तिका लागि संगठित हुनुको बिकल्प छैन, राईले भने ।

भेलामा जिफन्ट धरानका अध्यक्ष शमशेर बर्देवा, संगठन धरान उपमहानगर कमिटी अध्यक्ष कमल भट्टराई, सुरक्षा श्रमिक ट्रेड युनियन धरानका अध्यक्ष गोपीनाथ योगी, लगायतका नेताहरुको सहभागीता रहेको थियो । भेलामा वडाका करिव ७० जना चालकहरुको सहभागीता रहेको थियो । 

नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर राईले कमिटीको बैठक तत्काल बसेर ट्राफिक समस्या, पार्किङ समस्या र धरानका श्रमिकहरुको अन्य समस्याहरुको सुत्रबद्ध गरी समाधानको पहलका लागि संगठनले पहल थाल्ने बताए । 

भेलामा सहभागी चालकहरुले ट्राफिक प्रहरीहरुको ज्यादती धरानमा तिब्र रहेको गुनासो गरेका थिए । सवारीसाधनहरु अनियन्त्रित भएपनि पर्याप्त पार्किङ छैन । तर, नरोक्ने स्थानमा रोकेको भन्दै जरिवाना काट्ने, अनावश्यक दुख दिने गरेको श्रमिकहरुको गुनासो रहेको छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...