News Portal

धरान रनद्धारा शैक्षिक सामग्री वितरण, ११औं १० के दौडको आय र व्यय सार्वजनिक

हिमालीसंचार संवाददाता
२७७ पटक

बिकास चाम्लिङ राई/धरान – धरान रन संस्थाले शनिवार एक कार्यक्रमको आयोजना गर्दैं १२ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । धरान रनले आफ्नो संस्थाले छात्रवृत प्रदान गरेका १२ जना विद्यार्थीहरुलाई करिव ४० हजार रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् ।

संस्थाले जनहि करिव तिन हजार ५ सय रुपैया बराबरको स्टेसनरी सामग्री, स्कुल व्याग, जुत्तै, मोजा, ट्रयाकसुट लगायतका सामग्री विधार्थीहरुका लागि प्रदान गरेका हुन्। 

संस्थाले विशेष गरेर छात्रवृतका लागि खोलिएको अक्षय कोषबाट प्राप्त व्याज रकमबाट विधार्थीहरुलाई उक्त सामग्री सहयोग गरेका हुन् । हरेक तीन-तीन महिनमा प्राप्त व्याज रकमबाट संस्थाले छात्रवृति प्रदान गरेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने गरेका छन । 

छात्रवृत प्राप्त विद्यार्थीहरुलाई वार्षिक रुपमा करिव १५ हजार रुपैया बराबरको विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको धरान रन संस्थाका अध्यक्ष रोमु राईले जानकारी दिए । शैक्षिक सामग्री संस्थाका अध्यक्ष रोमु राई, प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, सल्लाहकार गोपाल राई, युगल लिम्वु लगायतले शैक्षिक सामग्री वितरण गरेका थिए ।

संस्थाले ११औं १० के रन दौड प्रतियोगिताको सम्पूर्ण आय र व्यय सार्वजनिक धरान रन संस्थाले यहि फागुन महिनामा आयोजित ११औं १० के रन दौड प्रतियोगिताको आय र व्यय सार्वजनिक गरेका छन । संस्थाले ११औं संस्करणमा आय तर्फ १६ लाख रुपैया भए पनि सबैं खर्च कटाएर खुद नाफा १ लाख २ हजार ५० रुपैया नाफा भएको जनाएको छ । नाफा भएको केहि रकम नेवा एजुकेसन फन्डको अक्षयकोषमा थपिने र बाकी रकम शाप्ताहिक रपमा हुने धरान रन दौड कार्यक्रम व्यवस्थापनमा खर्च गरिने संस्थाका अध्यक्ष राईले जाकारी दिए । नेवा एजुकेशन फन्डको अक्षयकोषमा हाल १२ लाख रुपैया रहेको समेत संस्थाले जनाएको छ ।  

तस्वीर: विकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...