News Portal

  • धरान रनद्धारा शैक्षिक सामग्री वितरण, ११औं १० के दौडको आय र व्यय सार्वजनिक

    हिमालीसंचार संवाददाता
    २१० पटक

    बिकास चाम्लिङ राई/धरान – धरान रन संस्थाले शनिवार एक कार्यक्रमको आयोजना गर्दैं १२ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । धरान रनले आफ्नो संस्थाले छात्रवृत प्रदान गरेका १२ जना विद्यार्थीहरुलाई करिव ४० हजार रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् ।

    संस्थाले जनहि करिव तिन हजार ५ सय रुपैया बराबरको स्टेसनरी सामग्री, स्कुल व्याग, जुत्तै, मोजा, ट्रयाकसुट लगायतका सामग्री विधार्थीहरुका लागि प्रदान गरेका हुन्। 

    संस्थाले विशेष गरेर छात्रवृतका लागि खोलिएको अक्षय कोषबाट प्राप्त व्याज रकमबाट विधार्थीहरुलाई उक्त सामग्री सहयोग गरेका हुन् । हरेक तीन-तीन महिनमा प्राप्त व्याज रकमबाट संस्थाले छात्रवृति प्रदान गरेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने गरेका छन । 

    छात्रवृत प्राप्त विद्यार्थीहरुलाई वार्षिक रुपमा करिव १५ हजार रुपैया बराबरको विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको धरान रन संस्थाका अध्यक्ष रोमु राईले जानकारी दिए । शैक्षिक सामग्री संस्थाका अध्यक्ष रोमु राई, प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, सल्लाहकार गोपाल राई, युगल लिम्वु लगायतले शैक्षिक सामग्री वितरण गरेका थिए ।

    संस्थाले ११औं १० के रन दौड प्रतियोगिताको सम्पूर्ण आय र व्यय सार्वजनिक धरान रन संस्थाले यहि फागुन महिनामा आयोजित ११औं १० के रन दौड प्रतियोगिताको आय र व्यय सार्वजनिक गरेका छन । संस्थाले ११औं संस्करणमा आय तर्फ १६ लाख रुपैया भए पनि सबैं खर्च कटाएर खुद नाफा १ लाख २ हजार ५० रुपैया नाफा भएको जनाएको छ । नाफा भएको केहि रकम नेवा एजुकेसन फन्डको अक्षयकोषमा थपिने र बाकी रकम शाप्ताहिक रपमा हुने धरान रन दौड कार्यक्रम व्यवस्थापनमा खर्च गरिने संस्थाका अध्यक्ष राईले जाकारी दिए । नेवा एजुकेशन फन्डको अक्षयकोषमा हाल १२ लाख रुपैया रहेको समेत संस्थाले जनाएको छ ।  

    तस्वीर: विकास चाम्लिङ राई

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...