News Portal

  • इलाममा बस दुर्घटना हुदा मोरङ रंगेलीका २६ जना यात्रु घाइते

    हिमालीसंचार संवाददाता
    २२१ पटक

    रविन्द्र बराल/मोरङ – इलाममा बस दुर्घटना हुँदा रंगेली नगरपालिकाको २६ जना घाइते  भएका छन् । दुर्घटनामा मोरङ रंगेलीका २६ जना घाइते भएका हुन ।

    शुक्रबार साँझ पौने ५ बजे इलामको कन्यामबाट झापातर्फ आउँदै गरेको को १ ख ४४०८ नम्बरको बस मेची राजमार्ग अन्तरगत रोङ गाउँपालिका-४ भालुझोडामा दुर्घटना हुँदा २६ जना घाइते भएका हुन् । 

    बसको ब्रेक फेल भई बस सडकको छेउमा रहेको कालिमन्दिरमा ठोक्किएको प्रहरीले जनाएको छ। बसमा सवार ३२ जनामध्ये चालक सहित २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

    घाइते भएका सबैलाई उपचारको लागि बिएण्डसि हस्पिटल विर्तामोड झापातर्फ पठाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। घाइतेहरु हुनेहरुमा जिल्ला मोरङ रंगेली नगरपालिका २ वस्ने वर्ष ४० की मञ्जु सरदार, वर्ष ३६ की रिना गडेरी, वर्ष ४८ की देविका कार्की वर्ष ५० की सर्मिला पाठक वर्ष ५२ कि विनिता मिश्र, वर्ष ३८ कि सर्मिला रिजाल, वर्ष ६५ की भद्र माया खड्का, वर्ष ६१ कि मुनेश्वरी खड्का, वर्ष ५८ कि सिता कोइराला, वर्ष ६५ कि राधा भुजेल, वर्ष ५२ की शान्ति गडेरी, वर्ष ६० की सुकनी देवि मण्डल, वर्ष ३६ कि मालती मुखिया, वर्ष ३३ कि आशा झा, वर्ष २२ कि राजकुमारी राय, वर्ष ४५ को नन्द किशोर मण्डल, वर्ष ४० कि ममता देवि मण्डल, वर्ष ५० कि लक्ष्मी आचार्य, वर्ष ३५ की दुर्गा गिरी, वर्ष ४८ कि मञ्जु कठेत, वर्ष ३५ कि कमला कार्की, वर्ष ४१ कि रिता खतिवडा, वर्ष ६० कि पदम माया खड्का, वर्ष ६१ कि देवि माया खरेल, वर्ष ५० कि लक्ष्मी राजवंशी र रतुवामाई नगरपालिका ८ वस्ने चालक वर्ष ३५ को राजकुमार राई धाईते भएका हुन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...