News Portal

  • सिद्धकाली माविले अभिभावक भेला, शिक्षक सम्मान तथा पुरस्कार वितरण, अक्षयकोष छात्र वृत्ति वितरण गऱ्यो

    हिमालीसंचार संवाददाता
    १५८ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ६ स्थित रहेको सिद्धकाली माध्यमिक बिधालयले एक कार्यक्रमको आयोजना गर्दै अभिभावक भेला, अक्षयकोष छात्रवृत्ति वितरण तथा  सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ ।

    बिधालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख नागेश्वरप्रसाद सिंह, विशिष्ट अतिथि उपमेयर दयन्तदेवी चुडाल, नगर उपप्रमुख, वडा अध्यक्ष  तुलाराम लुइँटेल, बालिका छात्रवृत्ति अक्षयकोष दाता तथा विद्यालयका संस्थापक बिमला घिमिरे, दुर्गाबहादुर श्रेष्ठ, समाजसेवी बलबहादुर बस्नेत, राजेन्द्र बहादुर कटुवाल, चिरन्जीवी काफ्ले, अभिभावक ,स्थानीय, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थित समेत रहेको थियो।  

    कार्यक्रममा सेवा निवृत्त शिक्षक, अक्षयकोष संस्थापक  लगायतहरुलाई खादा, दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । बिधालयले  जेहेन्दार तथा  बिधालयमा प्रथम, दितिय र तृतीय हुने नर्सरीदेखि १० कक्षासम्मका बिधार्थीहरुलाई व्याग, कापी, डटपेन समेत वितरण गरिएको थियो।

    बालबालिकाहरुले अतिथिहरुलाई विभिन्न गीतमा नृत्य गरेर मनोरञ्जन समेत गराएका थिए। सरकारी बिधालयका शिक्षकहरुको लापरबाहीका कारण गर्दे अति विपन्न परिवारको बालबालिकाहरुको पठनपाठन कमजोरी भएको र ८ कक्षामा पढ्ने बिधार्थीहरु अहिलेसम्म पनि आफ्नो नाम समेत लेख्न नसक्ने र नगरपालिकाले सरकारी बिधालयलाई प्राथमिकतामा राखेर बालबालिकाहरुको पठनपाठनमा उचित व्यवस्थापन गर्नु पर्ने समेत बताए । 

    बर्षौदेखि समाजसेवीमा लागेर रतुवामाई नगरपालिका भित्रमा रहेको सामुदायिक बिधालयहरुमा आफुले आर्जन गरेर बचत गरेको रकमबाट बिधालयमा पंखा, तथा बालबालिकाहरुलाई बिधालय पोशाक, जुत्ता लगायतका सामाग्री सहयोग गर्दे आईरहेका  समाजसेवी बलवहादुर बस्नेतले बताए । बिधालयले समाजीक कार्यमा योगदान गरेका व्यक्तितबहरुलाई दोसल्ला र प्रमाणपत्र समेत प्रदान गरी सम्मान गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए एनसीसी कुवेतमा एकता असम्भव: श्रमिकमाथि अन्याय, तस्करको चलखेल !

    https://himalisanchar.com/archives/73266

    (धीरेन्द्रराज सुवेदी, निवर्तमान अध्यक्ष एनसीसी कुवेत।) कुवेत, असार ३१ — गैरआवासीय नेपाली संघ (एनआरएनए) एउटा...

    मिडिया हाउसको छायाँमा नक्कली नोट र अफिम कारोबार, पाँचजना समातिए

    सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार...

    इजरायलबाट फर्किएपछि पूर्वपतिको क्रोध : प्यूठानमा श्रीमतीको हत्या, दुई नाबालकको बिचल्ली

    प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै...

    धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, सार्वजनिक विदामा पनि चढ्न पाइने

    काठमाडौं, असार ३१ – साउन १ गतेदेखि धरहरा अवलोकन गर्न चाहनेका लागि अब समय र...

    नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

    काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी...