News Portal

गीतकार मंगल राईको साकेला गीत “विनायो मुर्चुङ्गा” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
९७२ पटक

काठमाडौं – युवा गायक नारायण राई, मन्दिप राई, गायिका मनमावी राई र रश्मि राईको युगल आवाजमा रहेको “विनायो मुर्चुङ्गा” साकेला गीत आज किराती उभौली साकेला चाडको अवसरमा सार्वजनिक गरिएको छ। 

किरात राई यायोक्खा मकाउका अध्यक्ष तथा समाजसेवी गीतकार मंगल राई “साईला”को शब्द रचना रहेको किराती मिथक, सभ्यता, संस्कार, सस्कृति र समग्र किरात समुदायको मौलिक विषय बस्तुको पेरीफेरीमा रहेर रचना गरिएको साकेला गीत “विनायो मुर्चुङ्गा” गीतकार राईको “सुम्निमा-पारुहाङ म्युजिक” युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो। 

युवा संगीतकार प्रीयजन राईले संगीत भरेका गीत बलराम समालले ऐरेन्ज, राजु कार्कीले मिक्सिङ मास्टरिङ गरेका गीत स्टुडियो किङमा सुरेश राई र मनोज सामसोङ राईले रेकर्डिङ गरेका हुन्। 

सार्वजनिक साकेला गीतको छायांकन विरान तिलुङ र ड्रोनमा विकाश दहाल, प्रकाशमा समीर स्याङबो, इडिट-कलरमा दुर्गा बान्तावा राई, कोरियो ग्राफरमा देवु राई, निर्देशनमा प्रीयजन राईले गरेका हुन्। 

कलाकारहरुमा राजु राई, लिकुहाङ राई,सन्देश राई, सुमिरन राई, सन्जु राई, सिमरन राई, अंग राई, इन्द्र राई, सन्तोष राई, प्रविना राई, तेवा राई, अलिना राई, समीर राई, हरी चन्द्र राई, आइशा राई, जेनी राई, योगेन्द्र राई, शेषकुमार राई, मनिष राज श्रेष्ठ, रुपा जर्गा मगर र जसु श्रेष्ठ रहेका छन्। 

गीतकार राईले राजबल राई, दुर्गा बान्तावा राई, वीर बहादुर राई, शान्तिदेवि राई, नान थापा, चित्र कार्की, नवराज कटुवाल र उदयपुरे चाम्लिङ परिवारलाई विशेष आभार व्यक्त गरेका छन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...