News Portal

बेलायतमा वारोक र मगेन्द्र राईले जिते ‘स्प्रीङ टेनिस’ को उपाधि

हिमालीसंचार संवाददाता
३२१ पटक

लण्डन – बेलायतमा नेपालीद्वारा सञ्चालित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘स्प्रीङ टेनिस टुर्नामेन्ट २०२३’ को प्रमुख उपाधि वारोक मगेन्द्र राईले जितेका छन्। त्यस्तै, भेटेरन्सतर्फको शीर्ष उपाधि पनी राईले हात पारेका छन्।

कत शनिबार अल्डरसटस्थित आर्मी टेनिस सेन्टरमा सम्पन्न प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मिन्स सिङ्गल्स ओपन ए तर्फको फाइनल खेलमा वारोक राईले कृष्ण थापा मगरलाई ४–१, १–४, ४–४ (१०–५) को सनसनीपूर्ण खेलमा झिनो अन्तरले हराउँदै राईले उपाधि हात पारेका हुन्। च्याम्पियनशिप प्वाईन्टको अवसर पाएका थापाले अनफोर्स एरर गर्दा त्यसको फाईदा उठाउँदै राईले उपाधि चुमेका हुन्।

फाइनल खेल फास्ट फोर बेस्ट अफ थ्री फर्म्याटमा खेलाइएको थियो। पहिलो सेट सहज जित निकालेका राईविरुद्ध दोश्रो सेटमा समान अन्तरको सेट थापाले लिएका थिए। निरन्तर दबाब सिर्जना गरेका थापा एक अन्फोर्स एरर गर्न पुग्दा उपाधिबाट बञ्चित भए। राई पुर्वएलटिए तथा आईटिएअफ खेलाडी हुन भने थापा बेलायती सेनाका पुर्वखेलाडी हुन्।

त्यस्तै, ओपन बी तर्फ किरण चाम्लिङले उपेन राईलाई पराजित गरे।

भेटेरन ए तर्फको शीर्ष उपाधि मगेन्द्र राईले हात पारे। राईले मिन पुनलाई पराजित गरि उपाधि जितेका हुन्। राईले फाईनल खेलमा पुनलाई ४–०, ५–३ को सोझो सेटमा पराजित गरि उपाधि हात पारेका हुन्। हाल बेलायतमा रहेका राई नेपालखबर हङकङका समचार संयोजक हुन्।

त्यस्तै, भेटेरन बी तर्फ झलक गर्बुजाले बीर बलाललाई पराजित गरे। डबल्स डिभिजन ए तर्फ मोति घले र सुमन लिम्बुको जोडीले सरोज राई र दिपक गुरुङलाई पराजित गरे भने बी तर्फ मोति सेर्बुजा र दिनेश रोकाको जोडीले दिपक गुरुङ र किशोर पुनको जोडीलाई पराजित गरे। प्रतियोगितामा ६० भन्दा बढी नेपाली टेनिस खेलाडीको सहभागिता थियो।

प्रतियोगिताका विजेता र उपविजेताहरूलाई क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले ट्रफी प्रदान गरे। पुरस्कार वितरण समारोह क्लबका सचिव क्याप्टेन मोहन गुरुङले सञ्चालन गरेका थिए। 

क्लबले हरेक वर्ष स्प्रीङ, समर, औटम र विन्टर गरि प्रमुख चार प्रतियोगिता संचालन गर्दै आएको छ । क्लबले आगामी डिसेम्बरमा नेपाल–भारत टेनिस टुर गरि सम्बन्ध विस्तार गर्ने योजना राखेको क्लबका महासचिव मेजर सरोज राईले हिमालीसंचारडटकमसंग बताए।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...