News Portal

निर्मलाका यी दोषीलाई जोगाउन पत्नीले गरिन् हल्लाखल्ला

२११० पटक

महेन्द्रनगर : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयद्वारा बर्खास्तीका लागि सिफारिसमा परेका प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टकी पत्नी निर्मला भट्टले आफ्ना पतिलाई फसाउन लागेको आरोप लगाएकी छिन् ।

निरीक्षक भट्टलाई बर्खास्तीका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेपछि सोमबार भट्टकी पत्नी निर्मलाले भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित घरमै पत्रकार सम्मेलन गरेर जगदीश भट्टलाई सरकारले फसाउन खोजेको आरोप लगाएकी हुन् ।

प्रहरी निरीक्षक भट्टकी श्रीमती निर्मला भट्टले सरकारले आफ्ना श्रीमानलाई फसाउन खोजेको बताइन् । उनले अनुसन्धान अधिकारी र मुद्दा फाँटका इन्चार्ज नभइ घटना भएको क्षेत्रमा वडा इन्चार्ज भएका कारण उनलाई फसाउन खोजेको गुनासो पोखिन् ।

‘मेरा श्रीमानलाई प्रहरीका उच्च अधिकारीले बारम्बार हत्यामा तेरो पनि संलग्नता छ, हत्यारालाई सघाएको छस, त्यो उखुबारी पनि तेरै आफन्तको हो भन्दै मानसिक यातना दिइरहेका छन्’, उनले भनिन्, ‘श्रीमानलाई झुटको खेती गरिरहेको छस, जेल हालिदिन्छु भन्दै प्रहरीबाटै धम्की आईरहेको छ ।’

निर्मला पन्त हराएको विषयमा पीडित परिवारले वडा कार्यालयमा फोनमार्फत जानकारी गराएको र हुलिया सहित फोटो ल्याउनु भनेर श्रीमानले भनेको उनले बताइन् ।

निर्मलाको शव फेला पर्ने वित्तिकै श्रीमानले नै रोशनी बम र बबिता बमको घरमा खानतलासी र सोधपुछ गरेको उनले बताइन् ।

निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्तीका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । मिडियाडबली

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...