News Portal

  • मोरङको रंगेलीमा “सामी”ले सुरक्षित आप्रवासन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गऱ्यो

    हिमालीसंचार संवाददाता
    १८६ पटक

    रबिन्द्र बराल/मोरङ – सुरक्षित आप्रवासन (सामी) ले रंगेली नगरपालिकामा सामी’ले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। सामीले समुदायमा रहेका अगुवा तथा जनप्रतिनिधिहरूसंग वैदेशिक रोजगारका विषयमा अभिमुखिकरण कार्यक्रम गरेको हो ।

    आयोजित कार्यक्रममा बैदेशीक रोचगारीमा  काम गर्ने जाने युवा तथा महिलाहरुले पछिल्लो समयमा एजेन्ड तथा विभिन्न कम्पनीहरुले रोजगारीका लागि गएका कामदारहरुलाई विभिन्न कामहरु लागाउने र बढी मात्रामा यातना दिने गरेको कार्यक्रममा सहभागीहरुलाई जानकारी समेत गराएका थिए । 

    एजेन्टहरुले गाउँ घरका युवाहरुलाई झुक्याएर धेरै रकम लिने र उनीहरुलेले भने अनुसार काम समेत नहुदा युवाहरु विदेशी भुमिमा अलपत्र पर्ने गरेको बताए । विदेशमा रोजगारी गर्ने जाने युवाहरुले नेपाल सरकारले केही महिना अगाडिदेखि नि:शुल्क रुपमा खान, बस्न दिएर सीप सिकाएर विदेशमा रोजगारीका लागि पठाउने गरेको कार्यक्रमका सहभागीहरुलाई जानकारी गराएका थिए । 

    नेपाल सरकार र स्वीस सरकार वीच भएको द्विपक्षिय सम्झौता भए अनुसार स्थानीय सरकारको नेतृत्व र हेल्मेटास नेपालको प्राविधिक सहयोगमा सेवा प्रदायक संस्था सगरमाथा सामुदायिक विकास केन्द्रद्वारा आयोजित कार्यक्रमको आयोजना गरिएको थियो । आयोजित कार्यक्रममा रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत ओमकार न्यौपाने स्थानीय महिला सरस्वती देवी बहरदार, परेखा देवी मण्डल, लक्ष्मी विक लगायतको सहभागिता रहेको थियो ।   

    त्यस्तै, मोरङको जिल्ला संयोजक दिपक राउत, रंगेली नगरपालिका संयोजक अनिरुद्र ठाकुर, दिलिप कुमार मण्डलले कार्यक्रममा सहभागीहरुलाई अभिमुखिकरण गराएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...