News Portal

  • धरानमा एम्स एकेडेमीको आयोजनामा एसईई फुट्सल कप प्रतियोगिता हुने

    विकास चाम्लिङ राई
    ३८५ पटक

    बिकास चाम्लिङ राई/धरान – धरान- १२ स्थित एम्स एकेडेमीको आयोजनामा एसईई फुट्सल कप २०८० हुने भएको छ । एसईई दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरि यहि बैशाख २९ र ३० गते दुई दिने फुट्सल प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक एम्स एकेडेमीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएका छन ।

    प्रतियोगितामा धरान र धरान आसपासका विधालय गरि करिब २० टिमले सभागिता जनाउने प्रतियोगिताका संयोजक युवराज अधिकारीले जानकारी गराए । प्रतियोगिताका बिजेता टिमले नगद १५ हजार र उपबिजेताले नगद १० हजार रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । 

    प्रतियोगितामा खेलाडिले एसईई दिएका सम्बन्धित विधालयबाट मात्रै सहभागिता जनाउन पाउनेछ । प्राइभेट एसईई वाला टिमले सहभागिता जनाउन नपाउने एम्स एकेडेमीका प्राचार्य मित्र तामाङले जानकारी गराए । प्रवेश शुल्क दुई हजार लाग्ने प्रतियोगिताको सम्पूण खेल धरान-११ स्थित मितेरी फुटसलमा हुनेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...

    तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

    जनकपुरधाम, कात्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै आगामी...