News Portal

धरानमा एम्स एकेडेमीको आयोजनामा एसईई फुट्सल कप प्रतियोगिता हुने

विकास चाम्लिङ राई
४७८ पटक

बिकास चाम्लिङ राई/धरान – धरान- १२ स्थित एम्स एकेडेमीको आयोजनामा एसईई फुट्सल कप २०८० हुने भएको छ । एसईई दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरि यहि बैशाख २९ र ३० गते दुई दिने फुट्सल प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक एम्स एकेडेमीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएका छन ।

प्रतियोगितामा धरान र धरान आसपासका विधालय गरि करिब २० टिमले सभागिता जनाउने प्रतियोगिताका संयोजक युवराज अधिकारीले जानकारी गराए । प्रतियोगिताका बिजेता टिमले नगद १५ हजार र उपबिजेताले नगद १० हजार रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । 

प्रतियोगितामा खेलाडिले एसईई दिएका सम्बन्धित विधालयबाट मात्रै सहभागिता जनाउन पाउनेछ । प्राइभेट एसईई वाला टिमले सहभागिता जनाउन नपाउने एम्स एकेडेमीका प्राचार्य मित्र तामाङले जानकारी गराए । प्रवेश शुल्क दुई हजार लाग्ने प्रतियोगिताको सम्पूण खेल धरान-११ स्थित मितेरी फुटसलमा हुनेछ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...