News Portal

के बिश्वमा राजसंस्था उन्मूलन भैसकेका छन् त ?

कमला थापा
६५७ पटक

यो समयको चक्र हो, समय भन्दा बलवान कोही छैन, गणतन्त्र ल्यायौं, ३ सय बर्ष पुरानो राजसंस्था ढाल्यो, तिमिहरु को हौ ? हामिलाई सल्लाह, सुझाव दिने, संबिधान हामीले बनाएको, बिश्वमा एक मात्र हिन्दू राष्ट्र नेपाल, जहां आराध्यदेव पशुपतिनाथ, जानकी, बुद्ध, सीता, भ्रृकुटी जस्ता सुपुत्री, जन्मेको मूलुक, त्यस्तो गौरबपूर्ण ईतिहांस बोकेको मूलुकलाई यी सब त लत्याएर हामी शक्तिशाली भएका छौं, कस्ले छुन सक्छ, भन्ने तपाईहरुको घमण्डले आज देश कमजोर कस्ले बनायो, शान्ति प्रिय देश कस्ले कमजोर बनायो ? राज्यको ढुकुटी सिध्याएर नेताहरुलाई रुघाखोकी मात्र लाग्दा करौडौं खर्च गरेर बिदेश उपचारमा जानुपर्ने, कर्णालीका जनता अझैपनि सिटामोल र झाडापखाला लाग्दा औषधी नपाएर मर्नुपर्ने यो कस्ले बनायो ? भएका कलकारखाना सबै बन्द गराएर यूवाहरु आफ्ना बृद्ध आमाबुबा, छोराछोरी पाल्न नसकेर खाडी मुलुकको ५०-५५ डिग्रीको गर्मिमा मर्नुपर्ने बाध्यता कस्ले बनायो ? राजसंस्थाले की गणतन्त्रले ? अरुलाई फालेर गर्ब गर्नेले हामिलाई फाल्न सक्ने पनि आउछन् भन्ने सोच्न सक्नुपर्छ, के को रोइलो ? जनतासंग लाखौ यस्ता प्रश्न छन, त्यसको एक-एक उत्तर अब जनताले माग्ने छन्, दरो मुटु बनाएर बस्नुहोला।

बिश्वमा राजनीतिक सुरुवाती दिनहरुमा सम्पूर्ण मूलुकहरुमा राजसंस्था नै भएको पाईन्छ, अहिले पनि बिश्वका धेरै मूलुकहरुमा राजसंस्था छन्, जस्तै (Asia) एसियामा १३ (Europe) यूरोपमा १२ (Ocenia) ओसिनियामा ६ (Africa) अफ्रिकामा ३ लगायत, अहिले पनि ४३ देशहरुमा राजसंस्था छन्, के त ति देशहरू सम्पन्न छैनन् ? प्रजातन्त्र, गणतन्त्र भएका मूलुकहरु भन्दा धेरै सम्पन्न छन्, जस्तो बेलायत जापान, स्वूईजरलाण्ड, थाईल्याण्ड, साउदी अरब, बहराईन यस्ता धेरै उदाहरणहरु छन्, कम्युनिष्ट साम्यवादी मूलुकहरु प्रजातान्त्रिक मुलुकहरुको दाजोमा कम थियो, तर अहिले जतिमा छन् ति मूलुकहरु पनि आर्थिक उदारीकरणको निती पछि प्रजातन्त्रान्त्रिक मूलुकहरुलाई चुनौती दिन सक्ने हैसियतमा पुर्याईसके, नेपालका कम्निस्टहरु तिनै माक्स, लेनिन् , स्टालिन र माओको सिद्धान्त बोक्ने, उनैलाई पुजा गर्ने, उनैको तस्वीर सिरानी हालेर सुत्ने छन्, तर उनिहरुबाट के सिकेका थिए त्यो, भने अहिलेसम्म साबित गर्न सकेका छैनन्।

(Thailand) थाईल्याण्डका राजा भूमिबल अब्दुल्लाह देशले ल्याएको अबधारणा, Infrastructure Development planning (ईनफ्रा स्टकचर डेभलपमेन्ट ल्पानिइगं) आफ्नै ब्यक्तिगत खर्चमा गरिएका बिकास, फराकिला सडक, कृर्षि, सहरी बिकास यस्ता धेरै उदाहरणहरु छन्, हामी धेरै टाढा पनि जानु पर्दैन २५ बर्ष अगाडी जादाको थाईल्याण्ड र त्यसपछिको कती परिवर्तन पाउछौ, जहां सडक जाम भएर एरपोर्ट पुग्न ४/५ घण्टा अगाडी निस्कनुपर्ने थियो, आज कती सहज छ, सडकमा पानि जमेर हैरान हूदां आफै पिक बोकेर सडक खोल्न जान्थेसम्म पनि त्यहाका जनताले भन्छन्, त्यसैले राजा भूमिबल अब्दुल्लाहलाई समाज सेवक राजाका रूपमा सम्मान गर्छन्।

त्यस्तै स्व.राजा श्री ५ महेन्द्र र स्व.राजा श्री ५ बिरेन्द्र शाहले आफ्नो कालमा साना-ठुला सबै गरेर २२८ वटा उद्योग, कलकारखानाको पुर्बाधार तयार गर्दा २९० वटा योजना सफल भएको भन्ने कुरा सर्बबिदितै छ, शान्ति क्षेत्र प्रस्ताव, उदाहरण छन्, गर्न नखोजेको भन्न मिल्दैन, राम्रो कामलाई जस्ले गरेको भएपनी राम्रै भन्न सक्नुपर्छ, नकारात्मक कुराले मात्र देश बन्दैन, त्यतिबेलाका अनुदारबादी पंन्चहरुले राजा र राष्ट्रबादी राज नेता स्व. बि.पी कोइरालालाई मिलेर काम गर्न दिएको भए नेपाल आज विश्वमा नमुना बन्ने रहेछ भन्न सकिन्छ।

त्यसैले राजनीतिक दलहरुले अझै पनि सोचुन कमिकमजोरी सबैबाट भयो, अब राष्ट्र, राष्ट्रियता र जनतालाई ध्यानमा राखेर राजसंस्था र जनता मिलेर देश जोगाउं यसैमा सबैको कल्याण छ, यस कुरालाई सच्याउँदै, नेपाली कांग्रेस राष्ट्रबादी राज नेता स्व बि.पी कोईरालाको मार्गमा फर्कन जरुरी छ, यदी उनलाई आफ्नो आदर्श मान्ने हो भने अन्यथा सबै सक्किन तयार हुनुपर्छ। जय नेपाल।

(थापा पूर्व सांसद हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...