News Portal

  • फिल्म ‘क्रस रोड्स–कथा तिम्रो र मेरो’को पहिलो गीत सार्वजनिक

    हिमालीसंचार संवाददाता
    २०५ पटक

    काठमाडौँ – फिल्म ‘क्रस रोड्स–कथा तिम्रो र मेरो’को पहिलो गीत ‘आज भोलि तिम्रै कुरा’को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा याङ्की योल्मोको स्वर, अभिषेक रमुदमुको शब्द, संगीत तथा रेकर्ड छ।

    गीतमा फिल्मकी प्रमुख अभिनेत्री रिस्मा गुरुङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियालगायतको अभिनय छ। गीतको दृश्यमा सिक्किमको लाचुङ, कोलकाता र मिरिकका रमणीय स्थान देख्न सकिन्छ। भारतको दार्जिलिङ, सिक्किम र कोलकातामा छायांकन गरिएको फिल्ममा अर्विन्द राज गुरुङको निर्देशन छ।

    जिग्मी लामा र नेवाल लामाको प्रोडक्सन कम्पनी अञ्जिग प्रोडक्सन, अरविन्द राज प्रोडक्सन, गोल्डन हावर फिल्म्स र निरेम प्रोडक्स कुवेत न संयुक्त व्यानरमा निर्मित फिल्ममा रिस्मा, गौरवसँगै याङ्की योल्मा, रिकजंग दोर्जे, बुद्धि तामाङ, अम्बिका थापा, शशीकला प्रधान, पवन सुब्बा र एमडी सनीको अभिनय छ।
    अर्विन्द, निकी गोले, चञ्चल थापा र विवेक लामाको कथा रहेको फिल्ममा रुपेनको सम्पादन, निक गोलेको मुख्य सहायक निर्देशन, फुप सोनाम भुटियाको कलर, चञ्चल थापाको छायांकन छ।

    फिल्ममा एनी राई लामा, जिग्मी लामा, नेवल लामाको लगानी छ। फिल्ममा सिक्किमका रोविन गुरुङ र दार्जिलिङका शिखर थापा क्षेत्री र अलिसा क्षेत्री लाइन प्रोड्युसर छन् भने अर्विन्दराज गुरुङ(अर्विन्द राज प्रोडक्सन), विवेक लामा(गोल्डेन आवर फिल्मस्) र निरेम प्रोडक्सन कुवेत सह निर्माता छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...