News Portal

धरान बास्केटबल संघको आयोजनमा बास्केटबल ट्यालेन्ट हन्ट ट्रेनिङ क्याम्प शुरु (फोटो फिचर)

हिमालीसंचार संवाददाता
११९६ पटक

विकास चाम्लिङ राई/धरान -धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राविधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा शनिबारदेखि आठौं बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प शुरु भएको छ ।

यस बर्ष एसईई दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुक खेलाडिहरुलाई लक्षित गरि आयोजित बास्केटबल ट्यालेन्ट हन्टमा धरानका विभिन्न स्कुल तथा कलेजबाट करिब ५० जना विद्यार्थीहरुले सहभागिता जनाएका छन्। बास्केटबल ट्यालेन्ट हन्ट तीन हप्तासम्म चल्ने छ। 

एसईई परीक्षा दिएर बसेका बास्केटबल खेलाडिहरु भने विद्यार्थीको क्षमता आनुसार रिजल्ट नआइन्जेलसम्म संघले निरन्तर प्रशिक्षण दिने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदिले जानकारी गराए । बास्केटबल ट्यालेन्ट हन्टमा सहभागी जनाएका उत्कृष्ट बिद्यार्थीहरुलाई विद्यार्थीको इच्छा अनुसार धरानको विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने समेत अध्यक्ष सुबेदिले जनाए । संघले अहिलेसम्म १ सय भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्तिमा सिफारिस गरिसकेको छ ।  

धरान- १६ स्थित रंगशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न क्याम्पको उद्घाटन संघका अध्यक्ष सुवेदीद्वारा प्रशिक्षकहरुलाई बासकेटबल प्रदान गरेर प्रशिक्षण शुरु गरेका थिए । उद्घाटन कार्यक्रममा धरान- १८ स्थित कार्मेल हाई स्कुलका तर्फबाट ट्यालेन्ट हन्ट कार्यक्रमलाई नगद ५ हजार रुपैया सहयोग गरेका छन । सहयोग रकम स्कुलका संचालक दोरचु शेर्पाले संघका अध्यक्ष नारायन सुबेदिलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा युवा नेता एव अग्रज पत्रकार भिमज्वाला राई, धरान बास्केटबल संघका कोषाध्यक्ष गौरबमान श्रेष्ठ, धरान १९ न. वडा सदस्य लोकेन्द्र राई लगायतको उपस्तिथिती रहेको थियो

ट्यालेन्ट हन्टमा सहभागिहरुलाई राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई र उनका सहयोगीहरु प्रदेश १ बास्केटबल टिम क्याप्टेन विवेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा. आशा राई, युगल लिम्बु, दिवस राई, सुसन श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछ ।प्रशिक्षण प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म चल्नेछ ।

फोटो फिचर; तस्वीर विकास चाम्लिङ राई

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...