News Portal

धरान बास्केटबल संघको आयोजनमा बास्केटबल ट्यालेन्ट हन्ट ट्रेनिङ क्याम्प शुरु (फोटो फिचर)

हिमालीसंचार संवाददाता
१०४८ पटक

विकास चाम्लिङ राई/धरान -धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राविधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा शनिबारदेखि आठौं बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प शुरु भएको छ ।

यस बर्ष एसईई दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुक खेलाडिहरुलाई लक्षित गरि आयोजित बास्केटबल ट्यालेन्ट हन्टमा धरानका विभिन्न स्कुल तथा कलेजबाट करिब ५० जना विद्यार्थीहरुले सहभागिता जनाएका छन्। बास्केटबल ट्यालेन्ट हन्ट तीन हप्तासम्म चल्ने छ। 

एसईई परीक्षा दिएर बसेका बास्केटबल खेलाडिहरु भने विद्यार्थीको क्षमता आनुसार रिजल्ट नआइन्जेलसम्म संघले निरन्तर प्रशिक्षण दिने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदिले जानकारी गराए । बास्केटबल ट्यालेन्ट हन्टमा सहभागी जनाएका उत्कृष्ट बिद्यार्थीहरुलाई विद्यार्थीको इच्छा अनुसार धरानको विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने समेत अध्यक्ष सुबेदिले जनाए । संघले अहिलेसम्म १ सय भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्तिमा सिफारिस गरिसकेको छ ।  

धरान- १६ स्थित रंगशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न क्याम्पको उद्घाटन संघका अध्यक्ष सुवेदीद्वारा प्रशिक्षकहरुलाई बासकेटबल प्रदान गरेर प्रशिक्षण शुरु गरेका थिए । उद्घाटन कार्यक्रममा धरान- १८ स्थित कार्मेल हाई स्कुलका तर्फबाट ट्यालेन्ट हन्ट कार्यक्रमलाई नगद ५ हजार रुपैया सहयोग गरेका छन । सहयोग रकम स्कुलका संचालक दोरचु शेर्पाले संघका अध्यक्ष नारायन सुबेदिलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा युवा नेता एव अग्रज पत्रकार भिमज्वाला राई, धरान बास्केटबल संघका कोषाध्यक्ष गौरबमान श्रेष्ठ, धरान १९ न. वडा सदस्य लोकेन्द्र राई लगायतको उपस्तिथिती रहेको थियो

ट्यालेन्ट हन्टमा सहभागिहरुलाई राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई र उनका सहयोगीहरु प्रदेश १ बास्केटबल टिम क्याप्टेन विवेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा. आशा राई, युगल लिम्बु, दिवस राई, सुसन श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछ ।प्रशिक्षण प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म चल्नेछ ।

फोटो फिचर; तस्वीर विकास चाम्लिङ राई

 

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...