News Portal

  • किरात कोयी/कोयु राई सोदेलकिम ऐतिहासिक दोस्रो वार्षिक साधारण सभा सम्पन्न (फोटो फिचर)

    “हङकङद्वारा ह’बूल, चुई’खा सुम्दि’खा संरक्षणका लागि सहयोग!”

    हिमालीसंचार संवाददाता
    १२६७ पटक

    सन्जिब कोयी/धरान – “विश्वभर छरिएर रहेका सम्पूर्ण किरात कोयी/कोयु राईहरु एकबद्ध हौं! आफ्ना भाषा, संस्कार, सस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं” भन्ने मुल नारा सहित गत बैशाख ३ र ४ गते किरात कोयी राईहरुको उद्गम थलो श्री सूर्य माध्यमिक विधालयको प्रांगण सुङदेलमा सम्पन्न गरिएको छ।

    किरात कोयी/कोयु राई सोदेलकिम केन्द्रिय कार्य समितिको दोस्रो साधारण-सभा खोटाङको केपिलासगढी गाउपालिका सुङदेल-७, सुङदेलटार स्थित श्री सूर्य माध्यमिक विधालयमा सम्पन्न भएको हो। आयोजित साधारण-सभामा कोयी/कोयु राई समुदायका लागि किरात राई सोदेल कोयी/कोयु किम हङकङको आर्थिक सहयोगमा नागिऱ्या र सेलेमी कुबी-नक्छोहरुलाई क्रमश झ्याम्टा, धण्टी र फेटा गुथाएर सम्मान गरिएको थियो। त्यस्तै, संस्थालाई आर्थिक, भौतिक र बौदिक सहयोग पुऱ्याउनु हुने महानुभावहरुलाई किरात राई कोयी/कोयु समुदायका प्रतिनिधि, विशिष्ठ व्यक्तित्वहरुलाई समेत फेटा गुथाएर सम्मान गरिएको संस्थाका केन्द्रिय सदस्य लोकराज कोयी राईले हिमालीसंचारडटकमसंग बताए। 

    संस्थाका अध्यक्ष भूपी कोयी राईको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रिय कार्य समितिका उपाध्यक्ष युवराज राई, विशिष्ठ अतिथि पूर्व संविधानसभा सदस्य तथा ०७४ राष्ट्रपति पदका प्रत्यासी लक्ष्मि राई, प्रदेश नं. १ का पूर्व सांसद अर्जुन राई, केपिलासगढी गाउपालिका अध्यक्ष समीर राई रहेका थिए। अतिथिहरुमा केपिलासगढी गाउपालिका वडा नं. ६ का वडध्यक्ष गोपाल राई, वडा नं. ७ सुङदेलका वडाध्यक्ष तेजकुमार राई, किरात राई सोदेल कोयी/कोयु किम हङकङका प्रतिनिधि लक्षु कोयु लगायद विभिन्न जिल्लाबाट प्रतिनिधिहरुको करिब ३ सय प्रतिनिधि र पर्यबेक्षकहरुको उपस्थिति रहेको समेत संस्थाका केन्द्रिय सदस्य लोकराज कोयी राईले जानकारी दिए।

    आयोजित सभालाई वरिष्ठ उपाध्यक्ष अमृतकुमार राईले स्वागत मन्तव्य राखेका थिए भने सूर्य माध्यमिक विधालयका छियादु राई, लज्जा राई, अस्मिता राई, करुणा राई र रोजिना राईले नृत्य प्रस्तुत गरेका थिए। संस्थाले आयोजना गरेको साधारण-सभामा सप्तेश्वर, दिप्सुङ, बेहेऱ्या, इलाम, भोजपुर, छिनाम्खु, धनकुटा, बाक्सिला, उदयपुर, मोरङ, झापा, धरान र हङकङका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए।

    आयोजित साधारण सभा स्थलमैं किरात राई सोदेल कोयी/कोयु किम हङकङले ह’बूल एवम् चुई’खा सुम्दि’खा संरक्षण गर्ने हेतुले ३५ आना २ पैसा खरिद गरी केन्द्रिय कार्य समितिको नाममा राजीनामा पास गर्ने प्रतिबद्धता सहित जग्गा खरिद गरिएको बैंनाबट्टाको कागजात केन्द्रिय कार्य समितिलाई हस्तान्तरण गरिएको किरात राई सोदेल कोयी/कोयु किम हङकङका निवर्तमान अध्यक्ष हितबहादुर राई “कोयी” ले हिमालीसंचारडटकमलाई जानकारी दिए। 

    हङकङका निवर्तमान अध्यक्षका अनुसार उद्गम थलो सोदेल-बोदेल किरात राई कोयी/कोयु पुर्खाले उपयोग गरेका पहिलो सुम्दि’खा भएको निर्कर्ष सहित चुई’खा संरक्षण गर्नका लागि २ रोपनी जग्गा प्रतिआनाको ९ हजारका दरले तीन कित्ता जग्गा, प्रत्येक कित्ताको २० हजारका दरले बैना बट्टा गरिएको समेत जानकारी दिए। आयोजित कार्यक्रमलाई संस्थाका महासचिव भीमराज राईले कार्यक्रम संचालन गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काभ्रेको रिसोर्टमा अनलाइन सट्टेबाजी गर्दै पाँच जना समातिए, मोबाइल र ल्यापटपसहित पक्राउ

    काभ्रेपलाञ्चोक, असार ३१ – काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पाँच जना पक्राउ...

    अमेरिकामा सडक दुर्घटनामा परी २ नेपाली विद्यार्थीको मृत्यु

    लुइसियाना, असार ३१ – अमेरिकाको लुइसियाना राज्यमा सडक दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीले ज्यान...

    घुस काण्डमा मुछिएपछि राजीनामा दिन बाध्य बने मन्त्री गुप्ता

    काठमाडौं, असार ३१ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस...

    एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी

    टोकियो, असार ३१ — गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा वरिष्ठ पत्रकार तथा...

    भारत लगेर युवती कुबेतमा बेचिन्, बुटवलकी बिष्णु माया पक्राउ परिन् !

    मंगलबार, असार ३१, २०८२ काठमाण्डौ। ८ बर्षअघि युवतीहरुलाई भारतको बाटो हुँदै कुबेतमा बेच्ने एक जना महिलालाई...