News Portal

सशस्त्र प्रहरीको मिलेमतोमा भारतीय आईसक्रिम व्यापारी नेपाल प्रवेश

“सशस्त्र प्रहरीले ५० देखि १ सय रुपैंया लिने गरेको खुलासा!”

हिमालीसंचार संवाददाता
२११ पटक

रबिन्द्र बराल/मोरङ –  नेपालमा उत्पादन हुने विभिन्न कम्पनीका  आईसक्रिम उद्योगहरुले सिमावर्ती क्षेत्रमा सामान्य रोजिरोटी गर्ने युवाहरुलाई रोजगारी सृजना गरेता पनि सशस्त्र प्रहरीको मिलेमतोमा भारतीय आइसक्रिम व्यापारी नेपाल प्रवेश गर्दा नेपाली व्यापारीहरुले गुनासो गरेका छन्।

पछिल्लो समयमा सिमाक्षेत्रमा रहेको चोप्राह बोडर, मायाँगञ्ज, नोचा, आमगाछी, बल्डंगा, सिक्टि लगायतका क्षेत्रबाट भारतमा उत्पादन हुने आईसक्रिमहरु लिएर नेपालको रंगेली स्थित संसारी मन्दिर, दर्वेशा, डाईनिया, कर्सिया, आमबाडि, झुर्किया, रामचोक लगायतका स्थानहरुमा भारतबाट अबैध रुपमा नेपाल प्रवेश गरेर सस्तो मुल्यमा आईसक्रिम बिक्रीवितरण गर्दै आएका छन्।  

स्थानीय साना व्यपारीहरुलाई समस्या परेको छ। सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको लापरबाहीका कारण स्थानीय साना व्यपारीहरु मार्कामा पर्ने गरेको रंगेलीका साना व्यपारी यकुमाद रमानीले बताए । 

सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको लापरबाहीका कारणले  नेपाल सरकारलाई कर तिरेर नेपालमा उत्पादन गरेर साना व्यपारीहरुले खरिद गरेर सिमाक्षेत्रमा बिक्रीवितरण गर्ने गरेता पनि भारतीय आईसक्रिम व्यपारीहरुले सशस्त्र प्रहरीको मिलेमतोमा नेपाल प्रवेश गरेर सस्तो मुल्यमा आइसक्रिम बिक्रीवितरण गरिरहेका कारण आफूहरुलाई ठुलो समस्या परेको व्यपारीहरु बताउछन् । 

सशस्त्र प्रहरीहरुले भारतीय व्यपारीहरुसंग एक ठेला बापत ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म लिएर नेपाल पठाउने गरेको रंगेली ७ का आईसक्रिम व्यापारी रामचन्द्र सहनीले बताए। सशस्त्र बिओपि रंगेलीका प्रहरी निरीक्षक सन्देश थापाका अनुसार सो कुराको जानकारी नभएको बताए। तर, आफुले पनि भारतबाट भारतीय आईसक्रिम बिक्रीका लागि नेपाल आएको स्वीकार गरेका छन । 

नेपालमा उत्पादित आईसक्रिम बिक्रेताहरुलाई समस्या परेको   भारतबाट सिमाक्षेत्रमा हुदै नेपाल भित्रिने क्रममा सिमाक्षेत्रमा  सुरक्षाका लागि खटाएको सशस्त्र प्रहरीलाई भारतका आईक्रिम व्यापारीहरुले प्रत्येक दिन नेपाल भित्रिने क्रममा सुरक्षामा खटिएका प्रहरीलाई १ सय रुपैयाँदेखि २ सयसम्म रुपैयाँ दिएर आउने गरेको एक भारतीय व्यपारीले हिमालीसंचारडटकमसंग बताए । 

भारतीय आईसक्रिम उत्पादन गर्ने एक व्यापारीका अनुसार आफुहरुले सिमाक्षेत्रमा टेन्डर प्रक्रियाबाट भारतीय ठेलाहरुलाई नेपाल पठाउने गरेको समेत बताए ।

प्रतिकृया दिनुहोस्

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...