News Portal

किरात गणराज्य यलखाम संघर्ष समितिका युवा नेता भद्रगोल किराती रिहाई

हिमालीसंचार संवाददाता
१७४ पटक

काठमाडौं ​- कोशी प्रदेश खारेजको माग सहित पहिचानको आधारमा प्रदेशको पुनः नामकरणको अभियानमा रहेका किरात गणराज्य यलखम संघर्ष समितिका युवा नेता भद्रगोल किराती दुई दिनपछि रिहाई भएका छन्।

सोलुखुम्बुबाट निर्वाचित प्रदेश नं. १ का वर्तमान मन्त्री समेत रहेका बुद्धिकुमार राजभण्डारीको उजुरीमा युवा नेता किराती दुई दिन अगाडी आफ्नै निबासबाट पक्राउ परेका थिए। युवा नेता किरातीले सामाजिक संजाल फेसबुक मार्फत उक्त कुरो जानकारी गराएका हुन्।

उनले लेखेका छन् “प्रदेश एकका मन्त्री बुद्धि कुमार राजभण्डारीको उजुरीमा हिजो म पक्राउ परेपछी मेरो परिवार, आफन्तजन, देश र बिदेशबाट चिन्ता व्यक्त गर्नुहुने समस्त कोशी प्रदेश नाम खारेजका लागी आन्दोलित सबैमा आभार धन्यवाद व्यक्त गर्दछु। हिरासतमा दुई छाक खाना हिक्मत कार्की र बुद्धिकुमारको नाममा छाक बारेको जानकारी पनि गराउछु। साथै रिहाईका लागि पहल गर्नुहुने सबैमा आभार, आगामी आन्दोलनमा दुई गुना उत्साहका साथ लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु।” 

युवा नेता किराती “किरात गणराज्य यलखाम संघर्ष समिति, किरात राई यायोख्खा लगायत प्रदेश नं. १ पहिचानको आधारमा प्रदेशको  पुनः नामङकण संघर्ष समिति”को संयुक्त​ दवाफपछि किराती रिहाई भ​एका हुन​।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...