News Portal

  • धरानमा बैशाख ९ गतेदेखि बास्केटबल ट्यालेन्ट हन्ट क्याम्प हुदै

    विकास चाम्लिङ राई
    ४३५ पटक

    विकास चाम्लिङ राई/धरान – धरान बास्केटबल संघको आयोजनामा आगामी बैशाख ९ गतेदेखि ८औं बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प हुने भएको छ ।

    भर्खरै एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुक खेलाडीहरुलाई लक्षित गरि ट्यालेन्ट हन्टको आयोजना गर्न लागिएको हो । संघले बिगत लामो समयदेखि हरेक बर्ष ट्यालेन्ट हन्टको आयोजना गर्दै आइरहेको छ । 

    सुनसरी बास्केटबल संघ र धरान उपमहानगरपालिकाको विशेष सहयोगमा सम्पन्न हुन लागेको ट्यालेन्ट हन्ट खेल करिब तीन हप्तासम्म चल्नेछ। ट्रेनिङ क्याम्पका उत्कृष्ट खेलाडी बिद्यार्थीहरुलाई धरानका विभिन्न कलेजमा संघले छात्रवृत्तिका लागि सिफारिस समेत गर्ने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदिले हिमालीसंचारडटकमसंग बताए ।

    ट्यालेन्ट हन्ट कार्यक्रम धरान-१६ स्थित रहेको धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा सम्पन्न हुने समेत आयोजकले जानकारी दिए । ट्रेनिङ क्याम्पमा एसइइ दिएका बिद्यार्थी संगै बास्केटबल खेल सिक्न इच्छुक खेलाडीहरुले सहभागिता जनाउन सक्ने छन् । प्रशिक्षण समय बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टाको रहनेछ । 

    बास्केटबल खेलाडी उत्पादन, विकास र प्रबर्द्धनका लागि विभिन्न प्रतियोगिता आयोजना, ब्यावस्थापन, ट्यालेन्ट हन्ट र समर क्याम्प जस्ता कार्यक्रमको आयोजना संघले गर्दै आइरहेको अध्यक्ष सुबेदिले जनाए । 

    ट्यालेन्ट हन्टमा सहभागिहरुलाई राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई र उनका सहयोगीहरु प्रदेश १ बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, युगल लिम्बू, रोशन राई, राष्ट्रिय महिला खेलाडी डा. आशा राई लगायतले प्रशिक्षण दिने छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...