News Portal

  • मोरङको रतुवामाई नगरपालिका स्थित सुनवर्षी महाराजको ग्रामथानमा पुजा अर्चना

    हिमालीसंचार संवाददाता
    १७० पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका-५ स्थित   सुनवर्षी पोखरीमा प्रत्येक बर्षको बैशाख १ गते नयाँ वर्षको दिन  बर्षदेखि मेला तथा विशेष पुजाआजा सम्पन्न गरिएको छ।

    सुनवर्षी थान मन्दिरमा विशेष पुजाआजाको साथसाथै मेला समेत उल्लेख्यहरुको सहभागिता रहेको थियो। यस बर्षभने मेलामा मन्दिरमा पुजापाठ गर्ने भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रत्येक बर्ष बैशाख १ गतेका दिन तराईका विभिन्न देविदेउताहरुको बासस्थान रहेको ठाउँमा  झकिझकाउ राम्रो बनाएर सुनवर्षी महारज थानमा विशेष गरेर आफ्नो मनोकामना पूरा भएपछि माटोको हात्ती, कागजबाट बनाइएको फुलघोडा बडिमात्रामा चडाउने प्रचलन समेत रहेको छ। 

    तराईमा बसोबास गर्ने आदिवासी ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवताको रुपमा  सुनवर्षी महाराजको ग्रामथानमा बैशाख १ गते विशेष पुजा गर्ने गर्दछन ।  

    सुनवर्षीबाट वैशाखभरि मोरङको दक्षिणी भेगमा विभिन्न थानमा मेला आयोजना हुने प्रचलन रहेको छ ।  उक्त मेलामा पूर्वी तराईको झापा, मोरङ र सुनसरी तथा भारतबाट समेत मानिसहरु आउने गर्दछन् । सुनवर्षी महारजाको ग्राम पूजा अर्चाना गरेमा आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको  समितिका वडाध्यक्ष कुमार बुडाथोकीले हिमालीसंचारडटकमसंग बताए ।  

    विगत ५० वर्षअगाडिदेखि उक्त स्थानमा रहेको पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने र परापूर्वकालमा गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ती पनि रहेको पाईन्छ ।  तीन विघा १२ कठ्ठा क्षेत्रफलमा रहेको सुनवर्षी महाराजको ग्रामथान रहेको छ। 

    सुनवर्षीमहाराज ग्रामथान संरक्षण समितिका अध्यक्ष बुढाथोकीले भने यो ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको बताउँदै यसको संरक्षण र विकास नै हाम्रो चासो हो।’’ उनले सुनवर्षीमा वर्षैभरि धार्मिक पर्यटक भित्र्याउने वातावरण स्थानीय रुपमा बनाउने प्रयास थालिएको बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...