News Portal

मोरङमा जीवन विकास लधुवित्त वित्तिय संस्थाद्वारा एक दिने साक्षरता कार्यक्रम सम्पन्न गऱ्यो

हिमालीसंचार संवाददाता
१९१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली जीवन विकास लघुवित्त वित्तीय संस्थाद्वारा “आर्थिक समृद्धिको अभियान, वित्तीय साक्षरताको ज्ञान” भन्ने मुल नाराका एक दिने कार्यक्रम सम्पन्न गरिएको छ ।

मोरङको धनपालथान-४, स्थित सारदा उच्च माध्यमिक बिधालयमा भएको उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमा वडाध्यक्ष श्रीराम चौधरी, गयानन्द सरदार, जीवन विकासका शिवचरण दास, कर्सिया शाखा प्रमुख गायत्री पोख्रेल, स्थानीय बुद्धिजीवी लगायतको सहभागीता रहेको थियो। 

आयोजित कार्यक्रममा अतिविपन्न दुई परिवार प्रीयंका कुमारी मुखिया र ममता हजामलाई जीवन विकासले १ बर्षका लागि नि:शुल्क पठनपाठन गर्ने जिम्मेवारी समेत लिए। त्यसैगरी विपन्न परिवारका दुई जनालाई उपचार खर्च र शौचालय निर्माण गर्नका लागि नजहि १०/१० हजार रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरिएको थियो । 

आयोजित कार्यक्रमा रंगेली नगरपालिका र धनपालथान गाउँपालिकामा रहेका जीवन विकासमा आवद्ध रहेका महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।सहभागीहरुलाई अहिले जीवन विकासले गाउँ-घरमा धेरैलाई ऋण प्रवाह गरेर सहयोग गरिरहेको समेत जानकारी गराए। जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय कर्सियाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...