News Portal

  • किराया इजरायलले सागीतिक कार्यक्रमसहित ५०८३औं उभौली साकेला भव्य मनाउने तयारी

    हिमालीसंचार संवाददाता
    ३१९ पटक

    इजरायल – किरात राई यायोक्खा इजरायलको आयोजनामा आगामी १२ मे २०२३ इजरायलको तेलअभिव स्थित यादखरुचिम १५ मा साझ ७ः३० बजेदेखि किरातीहरुको महान चाड उभौली साकेला यलेदोङ ५०८३ मनाउने तयारी गरिएको छ।

    किरात राई यायोक्खा इजरायलको आयोजनामा आगामी १२ मे २०२३ उभौली साकेला यलेदोङ ५०८३ मनाउने निश्चित गरिएको साथै कार्यक्रमको आवश्यक तयारीमा जुटेको संस्थाका महासचिव सैलेन्द्र याम्फु राईले जानकारी दिए। 

     आयोजित कार्यक्रमका लागि नेपालका चर्चित गायिका मेलिना राई र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने समेत महासचिव राईले जानकारी दिए। आयोजित कार्यक्रमलाई सफल बनाउन इजरायलमा गठीत विभिन्न संघसंस्था, संगठन र नेपाली समुदायहरुमा किरात राई यायोक्खा परिवार उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ। 

    किरात राई यायोक्खा इजरायल शाखा सन् २०१२ मा स्थापना गरिएको हो। आफ्नो मौलिक भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्दै इजरायलमा किरात राईहरु एकबद्ध हुनका लागि स्थापित संस्थाले हरेक बर्ष उधौली-उभौलीमा महान चाड साकेला चाड मनाउदै आएको छ। 

    किरात मिथक: किरातीहरु प्रकृति पुजक हुन। किरातीहरुको हरेक चाड तथा संस्कार संस्कृतिहरु प्रकृतिसगैं जोडिएको हुन्छ। किराती राईहरुले उधौली-उभौली चाड नै उनीहरुको महान चाड हो।  किरात राई समुदायले आदिम कालमा किराती पुर्खाहरुले अन्न बालीको खोज गरि बाली लगाउने समय र उठाउने समयलाई नै सिजनको रुपमा मान्न थालेका हुन् ।

    किरात राईहरुले दुई सिजन मध्ये बैशाख महिना अर्थात बैशाखे पूर्णिमा गर्मीको समयमा अन्न बाली लगाउने बाली सप्रियोस भनेर भूमिको पुजा गर्ने प्रचलन छ। प्रकृतिका चराचुरुङ्गी, जिब जनावारहरु गर्मीको कारणले उभो लेक तिर जाने, खोलाको माछाहरु पनि उभो खोलाको शीर तिर चढ्ने भएको हुनाले यसलाई उभौली चाडको रुपमा मान्ने गरेका छन् । 

    त्यस्तै, मंसिर महिना यानकी जाडोको सिजनमा अन्न बाली भित्र्याउने समयमा पाकेको अन्नबाली आफुले खानु अघि पितृलाई चढाउदै पितृको पुजा गर्ने प्रचलन छ। जुन बेला प्रकृतिका चराचुरुङ्गी, जिब जनावारहरु जाडोको कारण तल बेसी तिर झर्ने, खोलाको माछाहरु पनि तल झर्ने भएका हुदा यस चाडलाई उधौली चाडको रुपमा मान्दै आएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...