News Portal

किराया इजरायलले सागीतिक कार्यक्रमसहित ५०८३औं उभौली साकेला भव्य मनाउने तयारी

हिमालीसंचार संवाददाता
३९२ पटक

इजरायल – किरात राई यायोक्खा इजरायलको आयोजनामा आगामी १२ मे २०२३ इजरायलको तेलअभिव स्थित यादखरुचिम १५ मा साझ ७ः३० बजेदेखि किरातीहरुको महान चाड उभौली साकेला यलेदोङ ५०८३ मनाउने तयारी गरिएको छ।

किरात राई यायोक्खा इजरायलको आयोजनामा आगामी १२ मे २०२३ उभौली साकेला यलेदोङ ५०८३ मनाउने निश्चित गरिएको साथै कार्यक्रमको आवश्यक तयारीमा जुटेको संस्थाका महासचिव सैलेन्द्र याम्फु राईले जानकारी दिए। 

 आयोजित कार्यक्रमका लागि नेपालका चर्चित गायिका मेलिना राई र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने समेत महासचिव राईले जानकारी दिए। आयोजित कार्यक्रमलाई सफल बनाउन इजरायलमा गठीत विभिन्न संघसंस्था, संगठन र नेपाली समुदायहरुमा किरात राई यायोक्खा परिवार उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ। 

किरात राई यायोक्खा इजरायल शाखा सन् २०१२ मा स्थापना गरिएको हो। आफ्नो मौलिक भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्दै इजरायलमा किरात राईहरु एकबद्ध हुनका लागि स्थापित संस्थाले हरेक बर्ष उधौली-उभौलीमा महान चाड साकेला चाड मनाउदै आएको छ। 

किरात मिथक: किरातीहरु प्रकृति पुजक हुन। किरातीहरुको हरेक चाड तथा संस्कार संस्कृतिहरु प्रकृतिसगैं जोडिएको हुन्छ। किराती राईहरुले उधौली-उभौली चाड नै उनीहरुको महान चाड हो।  किरात राई समुदायले आदिम कालमा किराती पुर्खाहरुले अन्न बालीको खोज गरि बाली लगाउने समय र उठाउने समयलाई नै सिजनको रुपमा मान्न थालेका हुन् ।

किरात राईहरुले दुई सिजन मध्ये बैशाख महिना अर्थात बैशाखे पूर्णिमा गर्मीको समयमा अन्न बाली लगाउने बाली सप्रियोस भनेर भूमिको पुजा गर्ने प्रचलन छ। प्रकृतिका चराचुरुङ्गी, जिब जनावारहरु गर्मीको कारणले उभो लेक तिर जाने, खोलाको माछाहरु पनि उभो खोलाको शीर तिर चढ्ने भएको हुनाले यसलाई उभौली चाडको रुपमा मान्ने गरेका छन् । 

त्यस्तै, मंसिर महिना यानकी जाडोको सिजनमा अन्न बाली भित्र्याउने समयमा पाकेको अन्नबाली आफुले खानु अघि पितृलाई चढाउदै पितृको पुजा गर्ने प्रचलन छ। जुन बेला प्रकृतिका चराचुरुङ्गी, जिब जनावारहरु जाडोको कारण तल बेसी तिर झर्ने, खोलाको माछाहरु पनि तल झर्ने भएका हुदा यस चाडलाई उधौली चाडको रुपमा मान्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...