News Portal

  • केपिलासगढी गाउँपालिकाले अनाधिकृत रुपमा विष तथा करेन्ट लगाएर माछा मार्न रोक

    हिमालीसंचार संवाददाता
    २५१ पटक

    बाक्सिला – खोटाङको केपिलासगढी गाउँपालिकाले अनाधिकृत रुपमा करेन्ट लगाएर वा विष प्रयोग गरेर जलाधार क्षेत्रको जैविक विविधतामा ह्रास आउनेगरी माछा मार्न रोक लगाएको छ ।

    स्थानीय ताप खोला, रावा खोला लगायतका खोलानालाहरुमा करेन्ट तथा विष लगाएर माछा मार्ने काम भइरहेको भन्ने उजुरी परेपछि गाउँपालिकाले जल तथा पर्यावरणमा असर पुग्नेगरी माछा मार्न बन्देज लगाएको हो । 

    निमित्त प्रमुख प्रशासकीय अधिकृत ई. गुञ्जन कार्कीले हस्ताक्षर गरिएको सूचना जारी गर्दै आफ्ना क्षेत्राधिकार भित्र रहेका विशेष रावाखोला, तापखोला लगायतका जलाधार क्षेत्रको जैविक विविधतामा ह्रास आउनेगरी माछा मार्ने काम बन्द गर्न निर्देशन दिएका छन् । 

    गाउँपालिकाले जारी गरेको सबचनाको बेवास्ता गरी करेन्ट तथा विष प्रयोग गरेर माछा मारेको ठहर भएमा जोसुकैलाई प्रचलित कानून बमोजिम कडाभन्दा कडा कारबाही गरिने भन्दै गाउँपालिकाले शुक्रबार सूचना जारी गरेको हो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असार ३१ गतेको राशिफल

    आज असार ३१, २०८२ (जुलाई १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...