News Portal

  • नेपाल सरकारले लिम्बुलाई शहिद घोषणा गऱ्यो

    कोशी प्रदेश खारेज गर्दै पहिचानको आधारमा पुनःनामाकरण गर्नु पर्ने माग!

    हिमालीसंचार संवाददाता
    २१३ पटक

    रविन्द्र बराल/विराटनगर – नेपाल सरकारले कोशी प्रदेशको नामकरण खारेजको माग सहित भएको प्रदेश नं. १ को राजधानी विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बु (लाजेहाङ)लाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएका लिम्बुलाई सहिद घोषणा गरेको छ।

    शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिएका हुन् । मन्त्री किराँतीका अनुसार नेपाल सरकारले उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको जानकारी दिए । तर, अहिले नै ‘कति रकम दिने भन्ने निर्णय भइसकेको छैन,’  मन्त्री किराँतीले भने। 

    यसअघि प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो। प्रदेश सरकारको उक्त निर्णय लज्जास्पद निर्णय भएको भन्दै प्रदेश सरकारको आलोचना भएको थियो भने पहिचानवादी आन्दोलनकारीले उक्त रकम अस्वीकार गरेका थिए। थप पहिचानवादीले लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने माग सहित आन्दोलन अधि सारेका थिए । 

    प्रदेशको नाम कोशी राखेको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सहभागी लिम्बुलाई प्रहरीको लाठी लागेर शक्त घाइते भएका थिए। लिम्बुको उपचारका क्रममा धरान स्थित प्रतिष्ठानमा चैत १० गते मृत्यु भएको थियो।

    आन्दोलनकारीले धरान लगायत विभिन्न नगर, उपमहानगरपालिकाहरुमा तालाबन्दी र कालो झण्डा राखेर विरोध समेत गरेका थिए। पहिचानवादी राजनीतिक धटक, संधसंस्थाहरुले प्रदेशको नामाकरण पहिचानको आधारमा नामाकरण सहितको आफ्नो माग रहेको भन्दै आन्दोलन जारी रहेको बताएका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असार ३१ गतेको राशिफल

    आज असार ३१, २०८२ (जुलाई १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...